Comments Add Comment

आइएमईको बम्पर विजेता भए अमिरका थारु, परिवारलाई मलेसिया घुमाउने अवसर

IME-2

२ कात्तिक काठमाडौं । इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई)ले सञ्चालन गरेको आइएमई विदेशमा परिवार भेट योजनाको बम्पर विजेता अमिरका थारु भएका छन ।

उनले मलेसियाबाट रूपन्देहीको रूद्रपुर पैसा पठाएका थिए । विजेतासँगै उनले नेपालमा रहेका आफ्ना परिवारका चार जना सदस्यलाई पाँच दिन मलेसिया घुमाउने अवसर प्राप्त गरेका छन् ।

विदेशमा रहेका नेपालीले आइएमईमार्फत रेमिटान्स पठाएर लक्की ड्रमार्फत हरेक दिन स्मार्टफोन, साप्ताहिक रुपमा आइप्याड पाएका थिए ।

IME

नेपालमा भुक्तानी लिने ग्राहकहरुले दैनिक लक्की ड्र मार्फत स्काई लगेज ब्याग र साप्ताहिक रुपमा डिजिटल क्यामेरा पाएका थिए ।

आइएमइका कार्यकारी अध्यक्ष चन्द्र ढकालले १४ वर्षअघि सुरु गरेको आइएमईको महत्वकांक्षी योजना हाल आएर पूरा भएको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आइएमइले दशैंमा परिवार भेट योजनामा विश्वभरबाट राम्रो प्रतिक्रिया आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment