Comments Add Comment

प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न-आन्दोलनमा बिचलन आए के गर्नुहुन्छ ?

susil-koirala

२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले दबाव दिने नाममा भएको आन्दोलनमा विचलन आए के गर्नुहुन्छ भनी माओवादीलाई अध्यक्ष प्रचण्डलाई सार्वजनिक कार्यक्रममार्फत प्रश्न गरेका छन् ।

प्रचण्डले सहमति नभए दबाबका लागि शान्तिपूर्ण आन्दोलनमा जान्छु भनेको भन्दै भने-‘ अब बन्दुक लिएर जङ्गल पस्ने अवस्था छैन वार्ता, सहमति, एकता र सहकार्यद्वारा निर्धारित समयमै संविधान बनाउनुपर्छ मलाई त्यो सम्भव छ भन्ने विश्वास छ ।’

सहिद सरोज कोइराला स्मृति मेमोरियल ट्रस्टद्वारा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले सहमतिबाटै निर्धारित समयमै संविधान जारी गर्नुपर्ने बताए । मुलुकभित्र मात्र होइन, चीन, भारत, अमेरिका, युरोपेली सङ्घलगायत अन्तर्राष्ट्रिय समुदाय पनि बेलैमा संविधान बनाएर नेपालमा लोकतन्त्र, शान्ति र विकास दिगो रुपमा अघि बढोस् भन्नेमा रहेको बताए ।

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुङ्गानाले कम्युनिष्ट भनेको पानीको फोका भएको बताए । उनले माओवादीलाई मात्र नहेरी जनतालाई हेरेर विगतका सम्झौताको पालना गरेर संविधान बनाउन दलहरुलाई सुझाव दिएका छन् ।

अर्का पूर्व सभामुख तारानाथ रानाभाटले विभिन्न वहानामा जनतालाई नझुक्याउन र संविधान निर्माणलाई नअल्झाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment