Comments Add Comment

सुन्दरीहरु धमाधम विदेशतिर

Miss-nepal-1
काठमाडौं । मिस नेपाल सुबिन लिम्बु मिस वल्ड कार्यक्रममा भाग लिन बेलायत जाने भएकी छिन् । त्यस्तै मिस नेपाल अर्थ प्रिन्सा श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल सोनी राजभण्डारी पनि अन्तराष्ट्रिय प्रतियोगिताका सहभागी हुन विदेश जाने तयारीमा छन् ।
जापानमा हुने मिस इन्टरनेशनलमा सहभागी हुन सोनी जापानको टोकियो जाने भएकी छिन् भने मिस नेपाल अर्थ पि्रन्सा मिस अर्थमा सहभागी हुन फिलिपिन्सको मनिला जाने भएकी छिन् ।
आयोजक संस्था हिडेन ट्रेजरले जनाए अनुसार तीनै सुन्दरीहरु उपाधिका लागि विभिन्न मुलुकका सुन्दरीसंग प्रतिस्पर्धा गर्ने भएका छन् । उपाधिका लागि राम्रै तयारी गरेको आयोजक संस्थाले दाबी गरेको छ ।
मिस नेपाल सुबिनले ‘ब्युटी वीथ प्रपोज’ कार्यक्रमका लागि प्राथमिक विद्यार्थीहरुको शिक्षासम्बन्धि कार्यक्रम वारे छोटो अध्ययन समेत गरेकी छिन् । सोही विषयमा स्थलगत अध्ययनका लागि बझाङ, दैलेख र शिबकोटमा जाने कार्यक्रम रहेको छ ।
मिस अर्थ पेजेन्टको विषय ‘इको टुरिजम’लाई प्रवर्द्धन गर्नु रहेकाले । अर्कि सुन्दरी पि्रन्साले पनि इको टुरिजमको वारेमा अध्ययन गरेकी छिन् । पि्रन्साले लुक्ला, नाम्चे र एभरेष्ट वेष्टक्याम्पमा पुगेर एक हप्ता अध्ययन गरेकी थिइन् । आलु उत्पादन गर्ने स्थानिय फार्मिङसँग मिलेर काम गरेकी पि्रन्साले आफुले खेती गर्ने शैलिका वारेमा केही जानकारी पाएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment