Comments Add Comment

लुटपाट रोक्न राजमार्गमा गस्ती

३ कात्तिक, रौतहट । तिहार तथा छठ पर्वकोबेला सवारी साधनमा हुने लुटपाटका घटना रोक्न रौतहटका सुरक्षा निकायले राजमार्गमा रात्रि गस्ती गर्न थालेका छन् । रौतहटको धन्सारदेखि बागमती नदीबीचको जङ्गलमा रात्रिकालीन गस्ती सुरु गरिएको हो ।

अपराध न्यूनीकरण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले संयुक्त रुपमा गस्ती सुरु गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।

विगतका वर्षहरुमा चाडपर्वको समयमा राजमार्गमा सवारी साधन रोकेर डकैती हुने गरेकाले यो वर्ष कडा सुरक्षा व्यवस्था मिलाउने तयारी भइरहेको छ । धन्सारदेखि बागमतीसम्मको राजमार्ग क्षेत्रका विभिन्न स्थानमा पोष्ट बनाएर सशस्त्र प्रहरी परिचालन गर्ने तयारी पनि भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment