
३ कात्तिक काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालको राजिनामा स्वीकृत गरेको छ ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले लम्सालले सोमबारदेखि लागू हुनेगरी दिएको राजिनामा स्वीकृत गरेको सञ्चालक दक्ष पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।
‘अर्को व्यवस्था नभएसम्मका लागि सहायक प्रमुख कार्यकारी असोक शेरचनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ’ पौडेलले भने ।
लम्साललाई प्रभु समूहका तर्फबाट गत माघ १९ गते तत्कालीन किष्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्ति गरेको थियो ।
उनको नेतृत्वमा गत भदौ ३० गते किष्ट बैंक, प्रभू विकास बैंक, गौरीशंकर विकास बैंक र जेनिथ फाइनान्स एकआपसमा गाभिएर प्रभू बैंकको रुपमा कारोबारा गरेको थियो ।
त्रिभुवन बिश्वबिद्यालयबाट स्नातकोत्तर गरेका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत शेरचन यसअघि प्रभु फाइनान्स र प्रभु बिकाश बैंकमा प्रमुख कार्यकारी अधिकृतका रुपमा सफल नेतृत्व गरेका थिए । १७ बर्षको बैंकिङ अनुभव संगालेका शेरचनले नेपाल बंगलादेश बैंकबाट करिअर सुरु गरेका थिए । त्यसपछि एनसीसी बैंकमा काम गरेका उनी प्रभु फाइनान्समा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए ।
अन्य संस्थाहरुलाई गाभेर प्रभु फाइनान्स बिकाश बैंक बनेपछि उनी बिकाश बैंकको सिइओ बने । तत्कालिन किष्ट बैंकमा प्रभु समूहको प्रवेशसँगै उनी गत माघमा किष्ट बैंकको डेपुटी सिइओ बनेका थिए ।
लम्सालले राजीनामा दिएपछि शेरचन कार्यबाहक सिइओ भएका हुन् ।
प्रतिक्रिया 4