Comments Add Comment

अरुको चेक साटेर ठगी गर्ने दुई पक्राउ

३ कात्तिक, काठमाडौं । अरुको नामको चेक साटी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट दानसिंह १ का ३३ वर्षीय होमबहादुर तामाङ र ललितपुर ठोकना ७ का ३८ वर्षीय शरणकुमार तामाङ छन् ।
डंगोल लाजिम्पाटबाट र तामाङ लैनचौरबाट पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ ।

डंगोल र तामाङले हितेश अग्रवालको नाम रहेको एनआईसी एसिया बैंकको १ लाख ६० हजारको चेक अनाधिकृत रुपमा प्राप्त गरी रकम निकालेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment