Comments Add Comment

चिलिमेले २० प्रतिशत नगद लाभांश दिने

३ कात्तिक, काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर तथा २० प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ ।

अध्यक्ष रामचन्द्र पाण्डेको अध्यक्षतामा बसेको १८ औँ साधारणसभाले सो निर्णय गरेको हो । कम्पनीको अब चुक्ता पूँजी करिब दुई अर्ब ७३ करोड र सञ्चिती रकम करिब तीन अर्ब ६७ करोड छ ।

कम्पनीको नाफा आव २०६९ /०७० मा ९६ करोड ५० हजार र आव २०७० /०७१ मा करिब ९४ करोड भएको थियो । कम्पनीले आर्थिक बर्ष २०६९ /०७० मा विद्युत बिक्रीबापत ९६ करोड ८५ लाख र आव २०७० /०७१ मा ९८ करोड ५० लाख कमाएको थियो ।

रसुवागढी १११, मध्य भोटेकोसी १०२, सान्जेन ४२ र माथिल्लो सान्जेन १५ मेगावाट गरी २७० मेगावाट क्षमताको जलविद्युत् आयोजना सन् २०१७ सम्ममा निर्माण गर्ने कम्पनीको लक्ष रहेको अध्यक्ष पाण्डेले बताए ।

कम्पनीले सन् २०२० सम्ममा निजी क्षेत्रका लगानीकर्ता, नेपाल विद्युत् प्राधिकरण र विभिन्न कम्पनीसँगको सहकार्यमा विद्यु्तको उत्पादन क्षमता ५०० मेगावाट पुर्‍याउने लक्ष राखेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment