Comments Add Comment

त्रिशूलीमा ट्रक खस्दा पाँच बेपत्ता

३ कात्तिक, धादिङ । काठमाडौँबाट धादिङको चरौँदीतर्फ जाँदै गरेको ट्रक त्रिशूली नदीमा खस्दा पाँच जना बेपत्ता भएका छन् ।

चरौँदीतर्फ तरकारी लिन जाँदै गरेको ना४ ख ८८१३ नम्बरको ट्रक ट्रक पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाविस-२ फुर्केखोला नजिकैबाट त्रिशूलीमा खसेको थियो ।

ट्रकमा चालक विमल खड्कासहित सहचालक र तीन यात्रु थिए । नदीमा खसेको ट्रकको माथिल्लो भाग मात्र देखिएको र हराइरहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment