शिकागो । अमेरिकामा बस्दै आएका नेपालीलाई नचाउने तयारीमा छन् गायक मिलन लामा । अमेरिकामा कम्तिमा १५ ठाउँमा स्टेज कार्यक्रम गरेर केही आम्दानी गर्नुका साथै चेपाङ बालबालिकालाई किताब कापीको जोहो गर्ने उनको योजना थियो ।
तर, अहिले अमेरिकामै महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य)को महजात्रा सुरु भएकाले लामा केही छायाँमा परेका छन् । ‘कम्तिमा १० वटा शहरमा कार्यक्रम गर्छौं भनेर लामाजीलाई बोलाइयो अहिले कार्यक्रम गर्न गाह्रो परिरहेको छ,’ टेक्सासमा बस्दै आएका नेपाली समुदायका अगुवा कमल पौडेलले अनलाइनखबरसंग भने ।
लामाले टेक्सास र सानफ्रान्सिस्कोमा कार्यक्रम गरिसकेका छन् भने अक्टोबर २७ तारिखमा शिकागोवासीलाई नचाउने योजनामा छन् । स्थानिय एजुकेशन फाउण्डेशनको ब्यानरमा सम्पन्न हुने कार्यक्रमका लागि पौडेलकै संयोजकत्वमा १५ सदस्यीय आयोजक समिति समेत बनेको छ ।
समितिमा फाउण्डेसनका सभापति बाला घिमिरे, ऋषिराम गैरे, बाबुराम सापकोटा, अर्जुन सुवेदी, भीम भण्डारी, दुर्गा चपागाइ, रेमकान्त बिक, भोज घिमिरे, मिन दर्लामी, पशुपति डल्लाकोटी, गणेश थापा, शरद पोखरेल र डा. रामकृष्ण शाह रहेका छन् ।
प्रतिक्रिया 4