+
+
Shares

बार्सिलोनामा म्ह पूजा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ८ गते ७:४९

maha-pooja
बार्सिलोना । नेपाल सम्बत् ११३५ को अवसरमा नेवारी समाज (पासा पुच) स्पेनको आयोजनामा म्ह पूजा बार्सिलोनामा शुक्रबार सम्पन्न भएको छ । समाजले नेपाल र बेल्जियम देखि  आबश्यक  सामग्रीहरु मगाएर पनि पूजा सम्पन्न गरेको हो।
पन्चकन्याबाट पानसमा बत्ती बालेर पुजाको आरम्भ भएको थियो। पूजाको लागि सेतो चामलको पिठो,धानको फुल,कालो भट्टमास,मास(कालो)धान,तेलको मण्डब,र टिका लगाई करिब ६० वटा जति मण्डल तयार गरिएको थियो। पुजामा बस्ने सबैलाई पंच रत्न धागो लगाई,पाथीमा फूल, चामल, धानको फूल राखेर मण्डलमा बस्नेले तिन पटक सम्म टाउकोमा खन्याएका थिए। सगुन बाडे पछि  भोज शुरु भएको थियो।
बेल्जियमबाट पूजाको लागि ल्याईएको सालको टपरीमा चिउरा,बोडी,साग,फर्सी,अचार,आलुतामा,खसीको मासु,कुखुराको मासु,खसीको भुटन,काचो फर्सीको टुक्रा,अण्डा,मासको रोटि,सेलरोटी,मेथीको झोल लगायतका परिकार राखी मण्डलमा बस्ने सबैलाई भोजन गराइएको थियो।
म्ह पूजा तयारी समितिका संयोजक निलु अवाले श्रेष्ठले बिबिध कठिनाईको बाबजुत पनि बिदेशमा यसरी पूजा सम्पन्न गर्न पाउदा खुशी ब्यक्त गरिन्।”हामीले धेरै सामाग्रीहरु झिकाएर पहिलो पटक स्पेनमा पूजा गरेका छौ अर्को बर्ष अझ बढी मिहिनेतका साथ पूजा गरि आफ्नो सस्कृतिलाई जोगाई राख्ने छौ “उनले भनिन्।
म्ह पूजामा  नेवारी समुदाय लगायत स्पेनस्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो। नेवार बस्ती रहेका सबै शहरहरुमा खबर गरिएको र कतिपय राजधानी मड्रिडबाट पनि पूजामा सहभागिता जनाई फर्केको समाजले जनाएको छ। सहभागी मध्ये केहि नेवारी पोशाकमा समेत सजिएका थिए।
लहरै बसेर फूल ,अक्षताले आफैले आफैलाइ गर्दा(म्ह पूजा ) गर्दा सु-स्वास्थ्य राम्रो हुने बिश्वास गरिन्छ। म्ह पूजा अर्थात् आफ्नो शरीरलाई आफैले पुजा गर्ने प्रथा नेवारी समुदायमा ठुलो पर्वको रुपमा मनाउने चलन छ। आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ यो पूजा गर्ने गरिन्छ ।
म्ह पूजा सँगै  नेपालको मौलिक संवत् नेपाल संवत् ११३५ को नयाँ वर्ष पनि सुरु भएको छ । लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेकोले त्यही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो । यसै बर्ष मात्र स्पेनमा गठन भएको समाजले बार्सिलोनामा पहिलो पटक म्ह पूजा सम्पन्न गरेको हो।
बसन्त रानाभाटबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?