Comments Add Comment

नेपाली मुलका खगेन्द्र अमेरिकाको उत्कृष्ट अधिवक्ता

KHAGENDRA-CHHETRI-SUPER-LAY
अमेरिकाका उत्कृष्ट वकीलहरुको सूचीमा पर्न सफल नेपाली मुलका खगेन्द्र क्षेत्री (बायाँ) ।

न्युयोर्क । अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खगेन्द्र क्षेत्री अमेरिकाको उत्कृष्ट अधिवक्ताको सूचीमा पर्न सफल भएका छन् । विभिन्न ७० विधाका वकीलहरु मध्येबाट नेपाली मूलका क्षेत्री इमिग्रेसन क्षेत्रबाट ‘सुपर लयर’मा पर्न सफल भएका हुन् ।

कार्यसम्पादन, अध्ययन लगायतका विभिन्न विषयलाई आधार मानेर अमेरिकाको एक पत्रिकाले उत्कृष्ट अधिवक्ता छनौट गर्दछ ।

नेपालको गुल्मी जिल्लामा जन्मेका अधिवक्ता क्षेत्रीले कोलम्बिया युनिभर्सिटीबाट एलएलएम र फोरदम युनिभर्सिटीबाट जेडी गरेका छन् । उनी एनआरएन अमेरिकाको अध्यक्ष समेत हुन् ।

वकालतमा २५ बर्ष भन्दा धेरै समयको अनुभव संगालेका क्षेत्रीले सुपर लयरको सूचीमा परेपछि खुसी व्यक्त गर्दै कार्य सम्पादनमा थप हौसला मिलेको बताए ।

ह्वाईट हिमाल टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘ल एण्ड लयर’ मार्फत अमेरिकामा रहेका नेपालीहरुलाई इमिग्रेसन कानुन सम्बन्धी बिभिन्न जानकारी दिदै आएका क्षेत्री ह्वाईट हिमाल टेलिभिजनको विशिष्ट सदस्य समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment