Comments Add Comment

तिहारपछिको पहिलो सेयर कारोबार, लगानीकर्तामा देखियो उत्साह

९ कात्तिक, काठमाडौं । तिहारअघि केही दिन घटेको नेप्से तिहारपछि भने बढ्ने संकेत देखिएको छ । आइतबार नेप्से परिसूचक १.३४ अंकले बढेर ९ सय ३०.३३ अंकमा पुगेको छ । आइतबारको कारोबार तिहारपछिको पहिलो कारोबार हो ।

nepal stockबीमा, जलविद्युत, उत्पादनमूलक, वित्त र अन्य समूहको सूचक बढेपछि नेप्से बढेको हो ।  आइतबारको कारोबारमा वाणिज्य बैंक होटल र विकास बैंक समूहको समूहगत सूचक भने घटेको नेप्सेले जनाएको छ ।

आइतबार बीमा समूहको सूचक २४ अंकले बढेको छ भने जलविद्युतको ११.५ अंकले बढेको छ । त्यसैगरी उत्पादनमूलकको ५.१९ अंकले, वित्त कम्पनी समूहको ३.१९ अंकले र अन्य समूहको सूचक ३.५२ अंकले बढेको छ ।

यो दिन वाणिज्य बैंक समूहको सूचक ०.३५ अंकले घट्यो । यो समूहको ५ करोड रुपैयाँको कारोबार भयो । त्यस्तै होटल समूहको १४.७६ अंकले र विकास बैंक समूहको सूचक १.५१ अंकले घटेको छ ।

आइतबार नेप्सेमा १ सय १० कम्पनीका २ लाख ७१ हजार कित्ता सेयर १३ करोड ९० लाख रुपैयाँमा किनबेच भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment