+
+
Shares

बिरानो मलेसिया जब घरेलु मैदानझैं बन्यो (फोटो फिचर)

क्वालालम्पुर । युगाण्डासँगको हारले निरास बनेका मलेसियाका नेपाली दर्शकमामाझ आइतवार उमंग छायो । सिंगापुरलाई ठूलो अन्तरले हराउँदा दर्शक दिर्घाबाट ‘नेपाल-नेपाल’ को चर्को ध्वनी गुन्जिन्थ्यो । यस्तो अबस्थामा नेपाली टीमले घरेलु मैदानमा खेलेझैं अनुभव गर्‍यो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ९ गते १८:५३

सुरेश भुसाल
क्वालालम्पुर । युगाण्डासँगको हारले निरास बनेका मलेसियाका नेपाली दर्शकमामाझ आइतवार उमंग छायो । सिंगापुरलाई ठूलो अन्तरले हराउँदा दर्शक दिर्घाबाट ‘नेपाल-नेपाल’ को चर्को ध्वनी गुन्जिन्थ्यो । यस्तो अबस्थामा नेपाली टीमले घरेलु मैदानमा खेलेझैं अनुभव गर्‍यो ।
लाखौंको संख्यामा मलेसियामा नेपालीहरु रहे पनि खेल मैदान पुग्न त्यति सहज छैन् । तैपनि सयौं किलोमिटर यात्रा गरेर बायोमास ओभल मैदान पुगेका नेपाली दर्शकमध्ये धेरैले हातमा नेपाली झण्डा बोकेका थिए भने केही झण्डा अंकित टिसर्टमा सजिएका थिए ।
आइतबार मलेसियामा सार्वजनिक विदा परेका कारण पनि कि्रकेटका पारखीहरुलाई सजिलो भयो । केही कम्पनीमा काम गर्ने श्रमिकहरु बस नै रिजर्व गरेर त्यहाँ आइपुगेका थिए । सिंगापुरलाई ठूलो अन्तरले हराएपछि खुसीले उफ्रदै र नाराबाजी गर्दै मैदानबाट बाहिरिंदा नेपालीहरुको क्रिकेटप्रेमी मलेसियालीमाझ छताछुल्ल भएको थियो ।
नेपालको नाम चम्काउन लागिरहेका खेलाडीलाई भेटेर फोटो खिच्ने यीमध्ये धेरैको ध्येय थियो ।

nepal vs singapore 2

केही महिनाअघि मलेसियामै भएको एसीसी प्रिमियर लिगमा पनि नेपालीहरुको उपस्थीति उलेख्य थियो । तर, मलेसियाकै खेलमा समेत मलेसियालीहरु दर्शकहरु नगन्य नै थिए ।
केही नेपालीहरु पछिल्ला तीनवटै खेलको दर्शकदीर्घामा देखिए । हामीले सोध्यौं- यसरी खेल हेर्दै हिडन कम्पनीले दिन्छ ? उनीहरुले भने- ‘नेपालको खेल हेर्न कम्पनीबाट बिदा लिएरै बसेका हौं ।’
खेल सकिएपछि खेलाडीहरुले ‘यो नेपाली शीर उचाली संसारमा लम्किन्छ’ गाउँदा मैदान नै गुञ्जायमान भएको थियो ।
आजको जितसँगै नेपाल अंक तालिकामा दोस्रो स्थानमा छ । अघिल्लो बर्ष न्यूजिल्याण्डमा खराव प्रर्दशन गरेपछि घटुवामा परेको नेपाल फेरि डिभिजन २ मा बढुवा हुने अबस्थामा पुगेको छ ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने डिभिजन २ मा बढुवा हुनेछन् भने अन्तिमका दुई टीम डिभिजन ४ मा घटुवा हुनेछन् । nepal vs singapore 3nepal vs singapore malaysia (3)nepal vs singapore malaysia (4)nepal vs singapore malaysia (5)nepal vs singapore malaysia (6)nepal vs singapore malaysia (7)nepal vs singapore malaysia (8)nepal vs singapore malaysia (9)nepal vs singapore malaysia (11)nepal vs singapore malaysia (12)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?