Comments Add Comment

आगलागीमा परि एकको मृत्यु

१० कात्तिक, नवलपरासी । नवलपरासीको सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका ५ मा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आइतबारराति रामग्राम ५ मा दीलिप गुरुङको घरमा आगलागी हुँदा गुरुङ्को मृत्यु भएको हो ।

अन्दाजी ४८ वर्षीय गुरुङ राती खाना खाएर कोठामा सुतिरहेको बेला कोठा भित्र लागेको आगोबाट निस्केको धुवाँले निस्सासियर मृत्यु भएको प्रहरीले जनाएको छ । राती २ बजेको समयमा घरबाट धुावाको मुस्लोदेखेपछि मात्र छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

झ्याल ढोका बन्द गरेर सुतेका गुरुङको आधा शरीर जलेको अवस्थामा कोठा भित्र रहेको थियो । कोठा भित्र लागेको आगो प्रहरी र छिमेकीले निभाएका थिए । अर्को कोठामा मृतकका कान्छा छोरा सुतेको भएपनि आगो सल्केको थाहा नपाएका उनले होहल्ला भएपछि मात्रै थाहा पाएका थिए । मृतककी श्रीमती र माइला छोरा तिहारका लागि नेपालगञ्ज गएका थिए ।

त्यस्तै, नवलपरासीको गैडाकोटमा सवारीले ठक्कर दिदा एक युवकको मृत्यु भएको छ । आइतबारराति नम्बर नखुलेको सवारीले ठक्कर दिदा रुपन्देही जिल्लाको पडसरी घर भएका बर्ष २१ का बिशाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

उनको भरतपुर मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथीहरुसंग पोखरा घुम्न गएका उनी घर फर्कने क्रममा मोटरसाईकल रोकी खाजा खानको लागि सडक पार गर्न खोज्दा गाडीले ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment