Comments Add Comment

मानवअधिकार आयोगले सिफारिस समितिमा पाठकलाई पठायो

१० कात्तिक, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि बनाइएको सिफारिस समितिमा सुदिप पाठकको नाम पठाएको छ ।

आयोगले शान्ति मन्त्रालयलाई पत्र पठाएर पाठकलाई  समिति सदस्यमा सिफारिस गरिएको जनाएको छ ।

बेपत्ता छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि गठन गरिएको सिफारिस समितिमा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको आयोगको सदस्य रहने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment