Comments Add Comment

एप्पलले गुपचुप ‘हत्या’ गरेका ६ प्रडक्ट

Appleप्रविधि क्षेत्रको बादशाह एप्पलले वर्षौँदेखि कैयन् उत्पादनहरु बजारमा ल्याएकेा छ जसले प्रविधि प्रयोगको हाम्रो अनुभुतिमा ठूलो बदलाव ल्याइदिएको छ । तर यो सँगै एप्पलले आफ्ना केही ‘नयाँ’ वस्तु तथा सेवाको भने ‘हत्या’ गरेको छ ।

एकातर्फ एप्पलले नयाँ आइफोन तथा स्मार्ट घडी सार्वजनिक गर्यो तर अर्कोतर्फ उसले आइपड क्लासिकको अन्त्येष्टि गर्यो चुपचाप  । यद्यपि यो पहिलोपटक थिएन । एप्पलले यसअघि पनि आफ्ना विभिन्न प्रडक्टहरु बेलाबखतमा विसर्जन गर्दै आएको छ । जसमध्येका केही चर्चित प्रडक्टहरु निम्न छन्-

१. बत्तिस जीबीका आइफोन- ३२ गिगाबाइज स्टोरेज क्यापासिटी भएको पहिलो आइफोन थ्री जि एस थियो, जसमा ८ र १६ जिबीको संयोजन गरिएको थियो । आइफोन फोर एस १६, ३२ र ६४ जिबीमा उपलब्ध थियो र आइफोन ५ तथा ५ एस पनि । तर एप्पलले पछिल्लोपटक सार्वजनिक गरेका आइफोन सिक्स र सिक्स प्लसमा ३२ जिबी हटाइएको छ । यसका अलवा एप्पलले १६, ६४ र १२८ गिगाबाइट मोडल्स प्रयोगमा ल्याएको छ ।

२. वर्गाकार आइपड नानो- सन् २००५ मा एप्पलले आइपड नानो सार्वज्निक गरेको थियो । छैटौँ संस्करणसम्म वर्गाकार आइपड नानो ल्याएको एप्पलले सन् २०१२ मा आयताकार सातौँ पुस्ताको आइपड नानो ल्याएसँगै वर्गाकार आइपड नानोको युग अन्त्य भयो ।

३. आइफोन फाइभ- सन् २०१३ मा आइफोन फाइभ एस र फाइभ सी सार्वजनिक गरेपछि एप्पलले आइफोन ५ को उत्पादन बन्द गर्यो । यसअघि नयाँ प्रडक्ट ल्याउँदा त्यसभन्दा अघिल्लो प्रडक्टलाई सस्तोमा बेच्ने गरेको एप्पलले आइफोन फाइभ एस र फाइभ सी ल्याएपछि आइफोन फाइभलाई चटक्कै भुल्यो र आइफोन फोर एस लाई सस्तो मूल्यमा बेच्न थाल्यो ।

४. आइप्याड टू – अगाडि पट्ट िक्यामरा रहेको पहिलो आइप्याडको रुपमा रहेको आइप्याड टू सन् २०११ म्ा रिलिज भएको थियो । तर त्यसको ३ वर्षपछि नै   उच्च रिजोलुसनवाला रेटिना डिस्प्ले भएको आइप्याड मिनी उपभोक्ताको रोजाइमा पर्न थालेसँगै एप्पलले आइप्याड टू लाई विसर्जन किनारा लगायो ।

५. न्यू आइप्याड- तेश्रो पुस्ताको आइप्याड पनि भनिने न्यू आइप्याड सन् २०१२ को मार्चमा रिलिज भएकेा थियो ।  यसले उपभोक्ताको मन जित्न सकेन र सोही वर्षको अक्टोबरमा आइप्याड फोर र आइप्याड मिनी सार्वजनिक गरेसँगै एप्पलले यसको उत्पादन रोक्यो ।

६.सेतो म्याकबुक- सन् २००६ मा रिलिज भएको सेतो रंगको म्याकबुक सस्तो मूल्यको कम्प्युटर थियो । खासगरी शिक्षा क्षेत्रको बजारलाई लक्षित गरिएको यो कम्प्युटरले केही उत्साह जगाउने व्यापार गरेपनि सन् २०११ म्ा म्याकबुक एयर लन्च गरेसँगै एप्पलले सेतो म्याकबुकको उत्पादन रोक्यो ।    एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment