Comments Add Comment

श्री एयरलाइन्सले थप्यो नयाँ हेलिकप्टर, २३ हजार फिटसम्म उड्न सक्ने

Shree-Airlines
११ कात्तिक, काठमाडौं । नेपाली आकाशमा नयाँ हेलिकप्टर थपिएको छ । श्री एयरलाइन्सले फ्रान्सको एयरबस हेलिकप्टर्स कम्पनीद्धारा निर्मित अत्याधुनिक प्रविधियूक्त ‘एस३५० बी३इ’ मोडलको हेलिकप्टर काठमाडौं उतारेको हो ।

नयाँ हेलिकप्टरसहित श्री एयरलाइन्ससँग ९ वटा हेलिकप्टर पुगेका छन् । नयाँ हेलिकप्ट यही वर्ष बनेको जानकारी दिँदै कम्पनीले यसमा नयाँ र आधुनिक प्रविधि प्रयोग हुनुका साथै यात्रुको सुरक्षा र सुविधालाई विशेष ध्यान दिएको दाबी गरेको छ ।

कम्पनीले ६ सिट क्षमताको यो हेलिकप्टर गत शुक्रबार सिंगापुरबाट बंगलादेशको बाटो हुँदै काठमाडौं ल्याइपुर्‍याएको हो ।

२३ हजार फिटसम्म उडान गर्न सक्ने प्रविधिका कारण यस हेलिकप्टरले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ‘९एन-एलएफ कल साइन’ प्राप्त गरेको छ । यो हेलिकप्टरबाट यसै हप्ताभित्र व्यवसायीक उडान सुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।

Shree-Airlines-2

कम्पनीले विगत १५ वर्षदेखि विकासका निर्माण समाग्री, जलविद्युतका उपकरणहरु, खाद्यन्न ढुवानी, विरामी तथा असक्त व्यक्तिहरुलाई उद्धार गर्नुका साथै धार्मिक तथा पर्यटकीय क्षेत्रमा उडान गरेर पर्यटन विकासमा समेत योगदान पुर्‍याउँदै आएको छ ।

थपिएको हेलिकप्टरसँगै कम्पनीसँग ६ सिट क्षमताका ३ वटा र मौसमको पूर्व जानकारी दिने उपकरण लगायत अत्याधुनिक नयाँ सञ्चार तथा अन्य उपकरण जडित २४ सिट क्षमताका ६ वटा हेलिकप्टर रहेका छन् ।

कम्पनीले बजारको आवश्यकता अनुसार निकट भविष्यमा हेलिकप्टर थप गर्दै लैजाने योजना बनाएको छ ।

कम्पनीले दुई हप्ता अगाडी डोल्पा, मुस्ताङ र मनाङ जिल्लामा भएको हिमपातले गर्दा समस्यामा परेका नेपाली तथा विदेशी नागरिकलाई विभिन्न क्षेत्रबाट उद्धार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment