Comments Add Comment

सामुदायिक विद्यालयमा श्रव्यदृश्य कक्षा सुरु

११ कात्तिक, नवलपरासी । नवलपरासीको एक सामुदायिक विद्यालयले श्रव्यदृश्य (भिजुवल) माध्यमबाट पठनपाठन थालेको छ ।
बेलायतमा बसेका दुई विद्यार्थीले कम्प्युटर र प्रोजेक्टरको व्यवस्था गरेपछि नवलपरासीको देवचुली नगरपालिका वडा नं १० मा रहेको  नव नेपाल प्राथमिक विद्यालयले श्रव्यदृश्य प्रविधिबाट पढाइ थालेको हो ।
प्रगतिनगरमा घर भई बेलायतमा पढ्दै गरेका कमल भुसाल र नारायण पाण्डेले दिएको यो प्रविधिबाट कम्प्युटर विषयको पढाइ थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम शर्मा भुसालले जानकारी दिए ।

नवलपरासीमा यो प्रविधि सुरु गर्ने सो विद्यालय जिल्लाको पहिलो सामुदायिक विद्यालय भएको बताइएको छ । मुठी र चन्दा दानबाट सञ्चालनमा रहेको विद्यालयको नतिजा राम्रो भएकाले आधुनिक प्रविधिसँग बालबालिकालाई जोड्न  कम्प्युटर र प्रोजेक्टर सहयोग गरेको कमल भुसालले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment