Comments Add Comment

यी नायिका स्क्रिप्ट नपढी फिल्म खेल्दैनन्

keki-nisha-and-namrata

काठमाडौ । निश्चल बस्नेत निर्देशित ‘लुट’ मा जम्मा तीन सिनमा अभिनय गरेकी छिन ऋचा शर्माले । तर पनि उनलाई फिल्म हेर्ने दर्शकले पछिसम्म सम्झिए ।
जबकि साढे दुई घण्टाको फिल्ममा २०/२५ सिनमा देखिएका हिरोइनले समेत दर्शकको मष्तिष्कमा ठाउँ बनाउन सकेका हुँदैनन् ।
कुनै पनि फिल्ममा अभिनय गर्नु अघि स्क्रिप्ट पढेर मात्रै निर्णय गर्ने गरेकी ऋचाले आफ्नो भुमिका कति छ भन्नु भन्दा पनि सिनेमाको विषय बस्तु कस्तो छ ध्यान दिने बताउँछिन् । ‘म कहिल्यै मेरो कति सिन छ भनेर गन्दिन, विषयबस्तु कस्तो छ ध्यान दिन्छु ।’ उनले भनिन् ।
प्रायः हिरोइन थोरै सिन भएको फिल्म खेल्न राजी हुन्नन् । धेरै सिन भयो भने मात्रै आफु स्थापित होइन्छ भन्ने मान्यता राख्ने हिरोइनहरु विषयबस्तु भन्दा पनि आफ्नै भुमिकालाई जोड दिन्छन् । यो मान्यतासँग असहमति जनाउँछन् ऋचा शर्मा, दिया मास्के, नम्रता श्रेष्ठ, केकी अधिकारी लगायतका नयाँ पुस्ताका हिरोइनहरु ।
सानो संसारमा काम गरेपछि नम्रतासँग मेरो फिल्ममा काम गर्नु पर्‍यो भन्ने निर्माताहरु थुप्रै थिए ।
आफुलाई काम गराउन चाहने निर्मातासँग फिल्मको विषय ध्यान दिएर सुनेपछि चित्त बुझेको अवस्थामा स्क्रिप्ट मागेर पढेकी नम्रताले धेरैलाई ‘सरी’ भन्नु पर्‍यो । नम्रता सम्झिन्छिन् । ‘हप्तामा ४ वटासम्म स्क्रिप्ट रिजेक्ट गर्नुपर्‍यो ।’
विषयबस्तु चित्त नबुझेर फिल्ममा काम गर्दिन भन्दा कतिपय निर्देशकले घमण्डी बनेको अझै बिर्सेकी छैनन् अर्कि नायिका दिया मास्केले । स्क्रिप्ट पढ्न मागेकै कारण आलोचनाको शिकार भएकी थिइन् निशा अधिकारी पनि ।

priyanka-diya&richa
महंगा पनि छन् यी हिरोइन
विषयबस्तु बुझ्ने मामलामा मात्रै हैन पारिश्रमिक लिने सवालमा पनि महंगा छन् यि हिरोइन । नेपालमा चलेका हिरोइनले ६०/७० हजारमा काम गरिरहेको बेला नम्रताले ‘सानो संसार’ मा डेढ लाख पारिश्रमिक लिएकी थिइन् ।
त्यसपछि पनि कतिपय फिल्म पारिश्रमिकमा कुरा नमिलेकै कारण छाडेकी थिइन् उनले । काम अनुसारको उचित पारिश्रमिक लिनुपर्छ भन्ने ऋचा शर्मा पनि पारिश्रमिकमा सम्झौता गर्न खोज्ने मान्छेसँग सकेसम्म काम नगर्ने बताउँछिन् ।
पछिल्लो समयकी प्रियंका कार्की, केकी अधिकारी, दिया मास्के उचित पारिश्रमिक लिएर काम गर्ने नायिकाको रुपमा चिनिन्छन् ।
ब्यबसायिकताका बाधक निर्देशक नै ?
आर्यान सिग्देलले फिल्मको स्क्रिप्ट पढ्न मागेकै कारण निर्देशक मदन घिमिरेले फिल्मवाट निकालेको घोषणा गरेका थिए । निर्देशक घिमिरेले आर्यानलाई निकालेको घोषणा गर्दै भनेका थिए ‘फिल्म कस्तो बनाउने भन्नेमा निर्देशकले चिन्ता गर्ने हो हिरो-हिरोइनले होइन ।’
निर्देशक घिमिरे मात्रै हैन आफुलाई तन्नेरी पुस्ताका भन्ने निर्देशक समेत हिरो हिरोइनले स्क्रिप्ट पढ्न मागे भने नदिन पाए हुन्थ्यो भन्नेहरु धेरै छन् । कलाकारलाई स्क्रिप्ट पढाएपछि मात्रै उनीहरु विषयको गहिराइमा पुग्छन् भन्ने ज्ञान धेरैलाई छैन ।
राम्रो कलाकारले उचित पारिश्रमिक माग्नुलाई अस्वभाविक रुपमा हेर्ने चलन छ । कुनै नयाँ कलाकारले यति पैसा नभइ काम गर्दिन भन्यो भने पुरानो कलाकारको नाम लिंदै भन्ने चलन छ ‘फलानोले त यतिमा काम गर्छ ।’
पारिश्रमिकमा सम्झौता नगर्ने कलाकारको आलोचना गर्ने काममा सब भन्दा सक्रिय तिनै निर्देशकहरु छन् । यस्तै सोच राख्ने निर्देशकका कारण फिल्मको ब्यबसायिक विकासमा वाधा परेको कलाकारहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment