+
+
Shares

सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधि सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिहरू सहभागी हुनेछन् र यसमा ३ सय ५० जना सहभागीता जनाउनेछन्।
  • संवाद तीन दिनसम्म सञ्चालन हुनेछ र प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्, जसमा विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिहरूले भाग लिनेछन्।
  • मुख्य विषयहरूमा जलवायु परिवर्तन, पर्वतीय अर्थतन्त्र, र अन्तर्राष्ट्रिय सहयोग समेटिएका छन्, र यसले हिमाल र मानवताको भविष्यलाई लक्षित गरेको छ।

३० वैशाख, काठमाडौं । सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् ।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने जानकारी गराइन् ।

उनले संवादमा ३ सय ५० जना सहभागी रहने जानकारी दिइन् । सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूको उपस्थिति रहने बताइन् । संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको बताइन् ।

मन्त्री राणाका अनुसार संवादको तयारी अन्तिम चरणमा पुगेको छ । तयारीस्वरुप सरकारले करिव १० वटा पूर्व संवाद कार्यक्रम आयोजना गरेको उनले बताइन् ।

जसअन्तर्गत जुम्लामा हिमाली डायलग, काठमाडौंमा वायु संवाद, प्रि–संवाद लगायत रहेका छन् । तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

परराष्ट्रमन्त्री डा. राणाले कार्यक्रममा पाहुनाहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको छ भने संवादसम्बन्धी तयार पारिएको चिनारियुक्त भिडियो प्रस्तुत गरिनेछ ।

चीन र भारतबाट प्रतिनिधित्व गर्ने र कोप २९ का अध्यक्ष एवं अजरबैजानका राष्ट्रपतिका जलवायु विषय सम्बन्धी प्रतिनिधिले सम्बोधन गर्नुहुने मन्त्री राणाले बताइन् ।

१.५ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैङ्गिक र अन्तरपुस्तागत समानता लगायतका १२ वटा विभिन्न विषयमा छलफल हुनेछ । कार्यक्रमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नु रहेको बताइन् ।

सगरमाथा संवाद ‘जलवायु परिवर्तनः हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित सञ्चालन भइरहेको सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?