मुम्बइ । नाटक एवं फिल्ममा गैर परम्परागत भुमिकाको खोजीमा रहेकी अभिनेत्री महविश हयात अहिले ‘आइटम डान्सर’को रुपमा चिनिएकी छिन् ।
यहि महिना रिलिज हुने फिल्म ‘ना मालुम अफराद’ को एउटा गीतमा आइटम डान्स गरेकी महविशले आइटम डान्सलाइ आफ्नो जिम्मेवारी भनेर ब्याख्या गरिन् ।
‘डान्समा कुनै कमजोरी नदेखियोस् भनेर मैले निकै मेहनत गरेकी छु ।’ उनले भनिन् । यस गीतका लागि उनले छ दिनसम्म अभ्यास गरेकी थिइन् भने सुटिङ गर्न मात्रै चार दिन लागेको थियो ।
केही फिल्म पण्डितका अनुसार पाकिस्तानी फिल्मका लागि यो दोस्रो आइटम डान्स हो । यस अघि ‘मै हुँ अकरीदी’ मा अभिनेत्री मथीराले एउटा आइटम डान्स गरेकी थिइन् ।
तर, महविश आइटम गीतको सुरुवात पाकिस्तानी फिल्मवाट भएको बताउँछिन् । ‘पाकिस्तानी फिल्मवाट प्रभावित भएर हिन्दी फिल्मले आइटम डान्स राख्न थालेका हुन् ।’ महविशले भनिन् । अमेरिकी गायिका एवं डान्सर वियोन्स र माइकल ज्याक्सनवाट उनी प्रभावित छिन् ।
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4