Comments Add Comment

‘कलाकार छन्, छैन स्टारडम’

nikhil-upreti
‘लुटेरा’ सिनेमा बनाउन लागेका वितरक गोपाल कायस्थ अलमलमा छन् । नायक निखिल उप्रेतीको क्रेज अझै पनि छ भन्ने उनलाई लाग्छ । यसैले उनले निखिलाई मुख्य कलाकारको रुपमा लिएका छन् । यसपछि अन्य कलाकार खोज्न उनलाई निक्कै गाह्रो भयो । बजारमा जताजतै कलाकार छन्, तर दर्शकले पत्याउने छैनन् भन्दा पनि हुन्छ ।

हिरोइनको बिषयमा पनि कायस्थ यसै भन्छन् । यसैले उनी २ हिरोइन सिनेमामा राख्दैछन् । चलेको भनेर होइन, आवश्यक भएका कारण । कायस्थको जस्तो पीडा धेरै निर्माता-निर्देशकमा छ । औंलामा गन्न सकिने सिमित कलाकार बाहेक अरुलाई दर्शकले नै राम्रोसँग चिन्दैनन् ।
एउटा सिनेमा खेल्ने वित्तिकै आफूलाई सेलिब्रेटी ठान्ने तर मेन्टेन नगर्ने धेरै कलाकारका कारण पनि निर्माताहरु जोखिमको लगानी गरिरहेका छन् । यो कलाकार लिएको खण्डमा सिनेमाले व्यापार सुरक्षित गर्छ भन्न गाह्रो छ ।

यसैले केही हप्ता अगाडि आयोजना भएको एक कार्यक्रममा निर्देशक दीपेन्द्र के खनालले कलाकार नभएका कारण कथावस्तु राम्रो बनाउनु पर्ने बताएका थिए ।
‘वडा नम्बर ६’ बनाउन लागेका निर्माता दीपकराज गिरी नायिका को लिने भन्नेमा दुविधामा देखिएका छन् । उनको सोचाइमा पनि यो लिए सिनेमालाई फाइदा पुग्छ भन्ने नायिका नेपालमा खासै छैनन् ।

यसैले, कथाले मागे अनुसार एक चुलबुले हट यूवती उनी खोज्दैछन् । नेपाली कलाकारले आफ्नो स्टारडम बनाउन नसक्दा निर्माताहरु जोखिमको लगानी गरिरहेको बताउँछन् । कुनै बेला विराज भट्ट, निखिल उप्रेती, राजेश हमाल, भूवन केसी सिनेमामा हुँदा निर्माताले राम्रो रकम कमाउथ्य । तर, अहिले दर्शक कलाकारलाई हेरेर हलमा आउन छोडेका छन् । जसका प्रत्यक्ष घाटा फिल्म बनाउनेलाई भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment