
२५ वैशाख, काठमाडौं । सांसदहरूले गर्भनर नियुक्ति समयमै हुन नसकेको भनेर सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले गर्भनर नियुक्तिका लागि सभामुखसँग रुलिङको माग गरे ।
गर्भनर नियुक्तिको विषयमा ‘भद्दा राजनीतिक लालसा देखाइएको’ उनको टिप्पणी छ । गर्भनर नियुक्तिको विषयलाई राजनीतिक भागवण्डाको विषय बनाउँदा मौद्रिक नीति निर्माण लगायतमा असर परेको भन्दै उनले गर्भनर नियुक्तिका लागि सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने माग गरेका हुन् ।
अन्य सांसदहरूले समेत यो विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4