Comments Add Comment

राजघाटमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

१२ कात्तिक, विराटनगर । मोरङको राजघाटमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् ।
राजघाटबाट उर्लाबारीतर्फ जाँदै गरेको  को १९ प ४४५५ नम्बरको मोटरसाइकल मंगलबार साँझ राजघाट-७ मा एक्कासी सडकमा पल्टिएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकल चलाउने झापा दमक-१७ का २२ वर्षका रविन काफ्लेको मृत्यु भएको हो भने मोटरसाइकलमा पछाडि बसेका मोरङ राजघाटका २७ वर्षका मनोज सिटौला गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि विराटनगर लैजानेक्रममा रविनको बाटोमै मृत्यु भएको हो । मनोजको भने विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment