Comments Add Comment

चामलको आयात १२८ प्रतिशतले बढ्यो

१२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा उपभोग्य वस्तु चामलको आयात भारी वृद्धि भएको छ । यस अवधिमा चामलको आयात अघिल्लो वर्षको तुलनामा १२७.५ प्रतिशतले बढेको छ ।

Riceनेपाल राष्ट्र बैंकका अनुसार दुई महिनामा भारतबाट २ अर्ब ६६ करोड ८२ लाख रुपैयाँको चामल आयात भएको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १७ करोड २८ लाख रुपैयाँको चामल आयात गरिएको थियो । त्यतिबेला चामलको आयात २.७ प्रतिशतले मात्र बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्ष भारतबाट नेपालमा १२ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो । पहिलो दुई महिनामा भएको आयात यथावत रहने हो भने यस वर्ष चामलको आयात १६ अर्ब नाघ्ने देखिन्छ ।

खासगरी नेपाल कृषि प्रधान मुलुकको रुपमा चिनिन्छ । तर, यहीँका जनता चामलका लागि भारतमा निर्भर हुनुपरेको छ । नेपाली यूवाहरु रोजगारीका लागि विदेश पलायन हुँदा धेरैजसो खेतबारी बाँझै रहन गएको र उत्पादकत्व समेत घट्दै गएका कारण चामलमा परनिर्भरता बढ्दै गएको विज्ञहरुको भनाई छ ।

यहि रफ्तारमा चामलको आयात बढ्दै जाने हो भने आगामी वर्षहरुमा नेपालको व्यापार घाटा उच्च बनाउन चामलको भूमिका ठूलो हुने देखिन्छ । अहिले पेट्रोलियम पदार्थ, सवारी साधन, सुनचाँदी, फलाम तथा स्टिलजन्य उत्पादनहरु, लुगाकपडा व्यापार घाटा उच्च बनाउने वस्तुका रुपमा रहँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment