+
+
Shares

सवारी दुर्घटना न्यूनीकरणको उपाय खोज्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १२ गते १७:२१

१२ कात्तिक, काठमाडौं । बढ्दो सवारी दुर्घटना न्यूनीकरणको उपाय खोज्न समिति गठन भएको छ ।

बुधबार यातायात व्यवस्था विभाग नयाँ बानेश्वरमा भएको छलफलले यातायात क्षेत्रमा देखिएका समस्याको पहिचान तथा समाधानको उपाय सहितको सुझाव दिन विभागका महानिर्देशक काशीराज दाहालको अध्यक्षतामा समिति गठन भएको हो ।

समितिमा यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरी महाशाखा, यातायात सम्बद्ध तीन मजदुर संगठन, गुणस्तर तथा नापतौल विभाग, नेपाल प्रहरी, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौं महानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च, सडक विभाग सदस्य रहेका छन् ।

समितिले दुई महिनाभित्र अध्ययन गरेर सडक दुर्घटनाका कारणहरु, न्युनिकरणका उपाय, सवारी व्यवस्थापनका चुनौती तथा योजनाहरु तयार गछौं यातायात व्यवस्था विभागका महानिर्देशक तथा समितिका अध्यक्ष काशीराज दाहालले बताए ।

सार्वजनिक सवारीमा बढ्दो दुर्घटनाको जोखिम तथा सार्वजनिक यातायातमा सर्वसाधारणले पाइरहेको सास्तीका विषयमा समितिको काम केन्द्र्रीत हुने समितिका सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भीमज्वाला राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?