Comments Add Comment

रिज्जुको बोल्ड र चाँदनीको मन छुने अभिनयमा ‘स्टूपिड मन’

sorry la (3)
कात्तिक ७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘स्टूपिड मन’को निर्माण पक्षले आज काठमाण्डौको कुमारी हलमा पत्रकारलाई सिनेमा देखाएको छ । दिवाकर भट्टराइले निर्देशन गरेको यो सिनेमा कम हलका कारण व्यापारमा केही कमजोर देखिएको छ ।

निरज बरालको प्रस्तुतीमा विवेक शाहीले निर्माण गरेको सिनेमा हेरेपछि धेरैले प्रशंसा गरे । विशेषगरि चलचित्रका निर्देशक दिवाकर भट्टराइको कामको तारिफ भयो । थाइल्याण्डका रमणिय दृश्यमा छायांकन गरिएको चलचित्रमा जीवन लुइटेल, निरज बराल, चाँदनी शर्मा, रिज्जु श्रेष्ठ, मार्टिन खानको मुख्य भूमिका छ ।

सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद रहेको सिनेमालाई रोचक तबरले अगाडि बढाइएको छ । कार्यक्रममा नायक निरज बराल र उनकी पत्नी विशेष चर्चामा देखिए । जसका कारण, नव कलाकार रिज्जु श्रेष्ठको लाइमलाइट कमजोर देखियो । sorry la (1)

अर्कोतिर, पर्दामा पनि उनलाई अर्की कलाकार चाँदनी शर्माले अभिनयमा उछिनेकी छिन् । निर्देशक भट्टराई र नव कलाकार चाँदनी शर्माको कामको तारिफ धेरैले गरे । तर, चाँदनीको आफ्नै आवाज नुहँदा पनि उनको खुबीलाई ठम्याउन गाह्रो पर्छ ।

चलचित्रको पहिलो पाटोलाई दर्शक तथा समिक्षकले अत्यन्त राम्रो भनेका छन् । प्रेम कथाको यो चलचित्रले थाइल्याण्डमा गैर कानुनी तबरले बसेको एक यूवक र त्यहाँ नै रहदै आएकी एक यूवती, धनाढ्य परिवारको विग्रेको यूवक र उसैको मायामा परेकी एक यूवतीको कथा बोलेको छ ।

चलचित्रको दोश्रो पाटोलाई पहिलोको दर्जामा कमजोर भनिएको छ । गीतसंगीतका मामलामा संगीतकार अर्जुन पोख्रेल अब्बल देखिएका छन् । तर, सिनेमाका केही पात्र चयनमा कमजोरी, दोश्रो हाफमा कथाको अभाव, दृश्य र आवाज नमिल्दा ‘स्टूपिड मन’ केही कमजोर देखिएको छ ।

सिनेमा भित्र हिन्दी र अंग्रेजी भाषा ज्यादा प्रयोग हुँदा पनि सबै खालका दर्शकलाई वुझ्न गाह्रो पर्छ । तर, निर्देशक दिवाकर भट्टराइले सिनेमाको लयलाई छोडेका छैनन् । लोभलाग्दा दृश्यमा कथा बग्दा दर्शकले आनन्दको अनुभुती गर्छन् ।

कम हल पाएका कारण कमजोर व्यापारको शिकार भएको यो सिनेमाको प्रदर्शन गलत समयमा गरिएको देखिन्छ । छविराज ओझाको ‘लज्जा’ र साहरुख खानको बहुचर्चित चलचित्र ‘ह्याप्पी न्यू इयर’का कारणले पनि यो सिनेमाले हल कम पाएको छ ।sorry la (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment