Comments Add Comment

विनोद चौधरीले भने- नेपालको जलस्रोतमा लगानीको अवसर नगुमाऔं

Binod-Chaudhary१२ कात्तिक काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा सामान्य जोखिम लिएर लगानी गर्नेले जोखिमको तुलनामा उच्च मुनाफा हासिल गर्ने बताएका छन् ।

बुधबार सिंगापुरमा आयोजित ‘फोब्र्स ग्लोबल सिईओ कन्फ्रेन्स’मा बोल्दै अध्यक्ष चौधरीले बाहिरबाट हेर्दा केही फरक महशुस गरिए पनि नेपाल लगानीका लागि उपयुक्त गन्तब्यमा परिणत भईसकेको जानकारी अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई गराए ।

‘कुनै समय श्रीलंकामा यस्तै जोखिम महशुस गरिन्थ्यो तर जसले त्यो जोखिम उठाएर लगानी गरे उनीहरु श्रीलंकामा पहिलो श्रेणीका लगानीकर्ताका रुपमा स्थापित भएका छन्’ चौधरीले भने -अहिले नेपालको अवस्था पनि त्यस्तै हो । जसले सामान्य जोखिम लिएर लगानी गर्छ उसले उच्च मुनाफा हासिल गर्नेछ ।

विगत द्वन्दको समयमा नेपालमा लगानी विस्तार गर्नेहरुले त्यसको प्रतिफल पाईरहेको उनले बताए । विकसित मुलुकहरुमा लगानीको वातावरण सहज भए पनि प्रतिफल न्युन रहेको उदारहण प्रस्तुत गर्दै उनले उच्च प्रतिफल हासिल गर्न सकिने देशकारुपमा नेपाल रहेकाले यो अवसरलाई नगुमाउन पनि विश्वका लगानीकर्ताहरुलाई आव्हान गरे ।

अध्यक्ष चौधरीले नेपालको जलस्रोतमा लगानी गर्ने महत्वपूर्ण समय आएकोे जानकारी गराउदै अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई यस क्षेत्रमा लगानी केन्दि्रत गर्न विशेष आग्रह छ ।

नेपाल र भारतबीच हालै विद्युत् ब्यापार सम्झौता -पिटिए) सम्पन्न भएपछि नेपालमा उत्पादन हुने विजुलीको छिमेकमै विशाल बजार तयार भएकाले ठूला लगानीकर्ताहरुका लागि यो निकै आकर्षक समय रहेको उनले बताए ।

माथिल्लो कणर्ाली जल विद्युत् आयोजना विकासका लागि भारतीय कम्पनी जिएमआरसँग विद्युत् विकास सम्झौता -पिडिए) भईसकेको र निकट भविष्यमा केही मेगा प्रेजेक्टहरुको पिडिए हुने वातावरण तयार भएको जानकारी पनि उनले अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई गराए ।

नेपालको जलस्रोतमा लगानीका लागि विगतको तुलनामा सन्तोषजनक सुधार आएको पनि उनले बताए ।  कार्यक्रममा सिंगापुर, मलेसिया, म्यानमार, इन्डोनेशिया लगायत मुलुकका ख्यातीप्राप्त उद्यमी, व्यवसायीहरुको सहभागिता रहेको थियो । अध्यक्ष चौधरी नेपालका एक मात्र फोब्र्स अर्बपति हुन् ।

नेपाल आर्थिक विकासमा लम्किदै गरेको केही ठोस प्रमाणहरु प्रस्तुत गर्दै अध्यक्ष चौधरीले नेपाललाई अब हिजोकै आँखाले नहेर्न पनि विश्व समुदायलाई आग्रह गरे ।

‘काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्रयाक, पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल र रक्सौल- अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन निर्माण प्रकृया अगाडि बढ्नु केही यस्ता संकेत हुन् जसले नेपालको आर्थिक गतिलाई नयाँ अध्यायमा प्रवेश गराउनेछन्’ उनले भने -नेपाल निकट भविष्यमा आर्थिक विकासमा ठोस उपलब्धी गर्दै दक्षिण एसियामा एक उदीयमान अर्थतन्त्रमा रुपान्तरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment