Comments Add Comment

विश्वकै ठूलो त्रिशुल दाङमा

१३ कात्तिक, घोराही । विश्वकै ठूलो दावी गरिएको त्रिशुल दाङमा भित्र्याइएको छ । साढे ४१ फिट अग्लो र ६ हजार किलो ग्रामको त्रिशुल दाङ भित्र्याईएको हो ।

World-Bigest-TRISHUL-IN-DANGसो त्रिशुललाई आगामी शिवरात्रीको दिन धर्ना गाविस १ धारापानीस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाण्डवेश्वर मन्दिरमा अनावरण गरिने छ ।

जिल्लालाई धार्मिक र पर्यटकीय क्षेत्रकोरुपमा चिनाउने उद्देश्यले करिब २२ लाख रुपैयाँको लगानीमा सो त्रिशुल बनाइएको हो । रुपन्देही जिल्लाको बुटवलमा बनाइएको सो त्रिशुलमा सुन, फलाम, चाँदी, पित्तल र तामा प्रयोग गरिएको छ ।

यति ठूलो त्रिशुल अन्य कुनै पनि देशमा नरहेको मन्दिर व्यवस्थापन समितिको दावी छ । पाल्पाको भैरवनाथ मन्दिरमा रहेको ३५ फिट अग्लो त्रिशुल भन्दा दाङ भित्राइएको यो त्रिशुल ६ फिट बढी अग्लो रहेको छ ।

सो त्रिशुललाई शोभायात्रा सहित मन्दिरमा पुर्‍याइएको छ । सदरमुकाम घोराहीबाट करिब ५५ किलोमिटरको दुरीमा रहेको भालुबाङबाट सुरु भएको शोभायात्रा देउखुरीको लमही हुदै धारापानी मन्दिरमा पु¥याइएको हो । शोभायात्राले घोराही बजार समेत परिक्रमा गरेको थियो । शोभायात्रामा नागरिकहरुको उल्लेख्य सहभागिता थियो ।

World-Bigest-TRISHUL-IN-DANG2

धारापानी मन्दिर परिसरमा १ सय ८ जोडि बर पिपल र १ सय ८ वटा समीका बिरुवा पनि त्रिशुल आकारमै रोपीएको छ । मन्दिर व्यवस्थापन समितिले ५ हजार किलोको घण्ट र सोही तौल बराबरको ओमकार पनि राख्ने तयारी गरेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment