Comments Add Comment

बालबालिकाको क्षेत्रमा काम गर्ने इन्दिरालाई अनरेरी अवार्ड

१३ कात्तिक, काठमाडौं । नेपाली चेली इन्दिरा रानामगर अन्तर्राष्ट्रिय स्तरको अनरेरी अवार्डबाट सम्मानित भएकी छिन् । स्विडेनको ‘वर्ल्डस चिल्ड्रेन्स फाउन्डेसन’ले दिने ‘वर्ल्ड चिल्ड्रेन प्राइज’ अन्तर्गत उनले अनरेरी अवार्ड हात पारेकी हुन् ।

indira-ranamagar-बालबालिकाको क्षेत्रमा ‘नोबेल पुरस्कार’का रुपमा लिइने यस पुरस्कारका लागि भर्खरैमात्र नोबेल पुरस्कार बिजेता मलाला र जोन उड प्रतिस्पर्धामा थिए । प्रतिस्पर्धामा प्रथम हुँदै ‘वर्ल्ड चिल्ड्रेन प्राइज’ भने पाकिस्तानी चेली मलालाले हात पार्न सफल भइन् ।

जोन उड पनि इन्दिराजस्तै अनरेरी अवार्डबाट सम्मानित भएका छन् । इन्दिरा र जोन उडलाई एक/एक लाख अमेरिकी डलरसहित अनरेरी अवार्ड प्रदान गरिएको हो ।

यस्तो अन्तर्राष्ट्रिय स्तरको पुरस्कारका लागि नेपाली चेली रानामगर चुनिएकी थिइन् । बालबालिको हकहितमा काम गर्ने व्यक्तिलाई उक्त पुरस्कार प्रदान गरिँदै आएको छ ।

इन्दिरा बन्दी अभिभावकका बालबालिकाको शिक्षा दीक्षामा काम गर्ने ‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ संस्थाकी अध्यक्ष हुन् । जेलमा रहेका बालबालिकाको शिक्षा र पालन पोषणका लागि विगत २० वर्षदेखि काम गर्दै आएकी इन्दिराले जेलबाट करिव एक हजार भन्दा बढी बालबालिकाको उद्धार गरिसकेकी छिन् ।

इन्दिराले तीनवटा बालगृह, दुईवटा स्कुल र यूवा कार्यक्रम पनि सञ्चालन गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment