Comments Add Comment

पूर्वाधार क्षेत्रमा विदेशी लगानी भित्र्याउन दुईदिने पूर्वाधार सम्मेलन गरिदै

CNI

१३ कात्तिक काठमाडौं। नेपालको पूर्वाधार पविकासमा विदेशी लगानी भित्र्याउने उद्देश्यले काठमाडौंमा दुई दिने नेपाल पूर्वाधार सम्मेलन हुने भएको छ। नेपाल उद्योग परिषंघ कात्तिक २५ र २६ गते पूर्वाधार सम्मेलनको आयोजना गर्न लागेको हो ।

पूर्वधार विकासको क्षेत्रमा लगानी हुन नसकिरहेको अवस्थामा त्यसलाई माथि उठाने उद्देश्यले सम्मेलनको आयोजना गरिएको सिएनआईका वरिष्ठ उपाध्यक्ष एवं सम्मेलन स्टेरिङ कमिटीका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए।

‘पूर्वाधारको विकास निकै पछि परेको छ र नेपालमा पूर्वाधारमा लगानी पनि कम भइरहेको छ यसलाई दक्षिण एसिया स्तरको बनाउनु पनि सम्मेलनको उद्देश्य हो’ शर्माले भने ।

नेपालमा नीतिगत सुधार नहुँदा लगानी भित्रिन नसकेको भन्दै शर्माले सम्मेलनको जोड त्यसतर्फ पनि हुने उनको भनाइ थियो। ‘नेपालमा नीतिगत सुधार हुन नसक्दा विदेशी लगानी आउन सकेन,’ शर्माले भने, ‘नेपालको विकास कम्तिमा पनि भारतको तह जस्तो हुनुपर्छ।’ नेपालको पर्यटन, सडक तथा रेलमार्ग, कृषि तथा ऊर्जा क्षेत्रमा पूर्वाधारमा लगानी भित्रिन सकेमात्रै देश समुन्नत हुने उनले बताए ।

सम्मेलनमा स्वदेशी तथा विदेशी गरी चारसयभन्दा धेरैको सहभागिता रहने बताइएको छ ।
सम्मेलनमा भारत, चीन, जापानलगायतका देशका सरकारी निकायका प्रतिनिधि तथा विकास साझेदार निकायहरुको सहभागिता रहने छ ।

सम्मेलनमार्फत नेपालका लगानीकर्तालाई विदेशी भएका लगानी तथा विकासका बारेमा जानकारी दिइने र विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न सक्ने क्षेत्रका विषयमा जानकारि दिइने सिएनअार्इका अध्यक्ष नरेन्द्र बस्न्यातले जानकारी दिए ।

२००७ देखि २०१२ सम्मको अवधिमा नेपालको पूर्वधार क्षेत्रमा निजी क्षेत्रको लगानी जिडिपीको ०.६६ प्रतिशत मात्रै रहेको भन्दै बस्न्यातले यो दक्षिण एसियाकै सबैभन्दा कम भएको उनले बताए। नेपालमा व्यवसायिक वातावरणमा सुधार आएका प्रतिवेदन सार्वजनिक भए पनि व्यवहारिक रुपमा लगानी बढ्न नसकेकाले सम्मेलनले त्यसलाई चिर्ने उनको भनार्इ थियो ।

दुई दिनसम्म चल्ने सम्मेलनको उदघाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नेछन् । सम्मेलनमा अर्थमन्त्री डा रामशरण महत, ऊर्जा मन्त्री राधा ज्ञवाली, भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेल, उद्योगपति विनोद चौधरीलगायतले नेपालमा लगानी र विकासबारे धारणा राख्नेछन् । यस्तै सम्मेलनमा भारतका केन्द्रीय यातायात मन्त्री नितिन गडकरीले पनि विशेष संबोधन गर्ने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment