+
+
Shares

साहरुखले भने सलमानलाई ‘धन्यवाद’, सुध्रिएकै हो त सम्बन्ध ?

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १४ गते १०:५९
सिनेमाको प्रचारका लागि कानपुर पुगेका साहरुख खान फ्यानहरुलाई अभिवादन गर्दै
सिनेमाको प्रचारका लागि कानपुर पुगेका साहरुख खान फ्यानहरुलाई अभिवादन गर्दै

बलिउड नायक साहरुख खानले आफ्ना दुश्मन सलमान खानलाई ‘धन्यवाद’ दिएका छन् । साहरुख खान यतिबेला आफ्नो नयाँ चलचित्र ‘ह्याप्पी न्यू इयर’को प्रचारमा व्यस्त छन् । साहरुखको यो सिनेमाले पहिलो सातामा करिब १५९ करोड कमाइसकेको छ । ओभरसिजमा सिनेमाको व्यापार करिब ६० करोड पुगेका भारतीय संचारमाध्यमले जनाएका छन् ।

सिनेमाको प्रचारमा व्यस्त साहरुखले कोलकत्ता पुगेर सलमानलाई धन्यवाद दिएका हुन् । सलमानले साहरुखको यो सिनेमाको प्रचार चर्चित रियालिटी शो ‘बिग बोस’मा गरेका थिए । साहरुखले भने-‘म उनलाई ‘धन्यवाद’ भन्न चाहन्छु । हाम्रो मिडियामा आएजस्तो कुनै पनि नराम्रो सम्बन्ध छैन । हामी एक अर्कालाई भेट्दा सिनेमाको बारेमा धेरै कुरा गर्छौ । उनी राम्रा मान्छे हुन् ।’ सलमानले साहरुखको यो भनाइमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

सन् २००८ बाट बिग्रिएको दुई खानको सम्बन्ध अहिले सुध्रिएको देखिन्छ । एकअर्काको कुरा काट्ने यी दुइ खानले अहिले विभिन्न तरिकाले साथ दिइरहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?