Comments Add Comment

थप दुई पेट्रोलियम अन्वेषण कम्पनीको इजाजत खारेज गर्दै सरकार

१६ कात्तिक काठमाडौं । नेपालमा पेट्रोलियम अन्वेषणका लागि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत स्वीकृति पाएका थप २ कम्पनीको अनुमतिपत्र रद्द हुने भएको छ । १० वर्षसम्म पनि काम नगरेपछि उद्योग मन्त्रालयले लाइसेन्स खोस्न लागेको हो ।

Petrol-Pumpबेलायतको केयर्न इनर्जी र अमेरिकाको टेक्साना रिसोर्सेजको इजाजत खारेजीक लागि मन्त्री परिषदमा प्रस्ताव गर्ने तयारी गरेको उद्योग मन्त्री महेश बस्नेतले जानकारी दिए ।

उद्योग मन्त्रालयले यसअघि पनि दुर्इवटा कम्पनीको इजाजत खारेज गर्ने निर्णय गरिसकेको छ । अमेरिकाको बीबीबी र दुबईको ईएबीजी नामक २ कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो ।

उद्योगमन्त्री बस्नेतले लामो समयसम्म लाइसेन्स होल्ड’ गरेर बसेका कम्पनीको सम्झौता खारेज गर्ने बताए । यी कम्पनीहरूको सम्झौता रद्द गरेपछि नयाँ ढंगले अघि बढ्न बाटो खुल्नेछ, बस्नेतले भने ।

माओवादी द्न्द सुरु भएका बेला केयर्नले सन् २००४ मा अन्वेषणका लागि अनुमति पाएको केयर्न इनर्जीले शान्ति प्रक्रिया सुरु भएपछि पनि काम सुरु नगरेपिछ उसको नियतमै शंका उब्जिएको जानकारहरू बताउँछन ।

उसले सुरुमा राजनीतिक द्वन्द्व बढेको र शान्ति सुरक्षा नभएको कारण देखाएर काम सुरु नगरे पनि अहिलेसम्म अर्को भरपर्दो कारण दिन सकेको छैन ।

सन् १९९७ मै अनुमति पाएको टेक्सानाले पनि सोही कारण देखाउँदै प्रारम्भिक अन्वेषण पूरा गर्न नसकेको दाबी गरिरहेको खानी तथा भूगर्भ विभागले जनाएको छ । सम्झौताअनुसार केयर्नको अवधि ७ महिना र टेक्सानाको १३ महिना बाँकी छ ।

२०३९ मा खानी तथा भूगर्भ विभागअन्तर्गत पेट्रोलियम अन्वेषण प्रवद्र्धन परियोजना स्थापना गरिएको थियो । परियोजनाले पाकिस्तानको पोटवार र भारतको आसाममा तेल भण्डार रहेको र त्यही भूबनोट तथा भूवातारण रहेको नेपालको चुरे तथा शिवालिक क्षेत्रमा पनि तेल रहेको हुन सक्ने बलियो सम्भावनाका आधार तयार गरेको हो ।

०३६/३७ मा विश्व बैंकको प्राविधिक सहयोगमा फ्रान्सको सीजीजी कम्पनीले तराई र चुरे क्षेत्रमा एरोम्याग्नेटिक सर्भे गरेको विभागले जानकारी दिएको छ । सर्भेले राम्रो संकेत देखाएपछि चुरे शृंखलालाई १० खण्डमा विभाजन गरेको थियो । सर्भे गरिएका ब्लकमध्ये हालसम्म टेक्सानाले ब्लक ३ र ५ गरी २ वटा र केयनले १, २, ४, ६ र ७ गरी ५ वटा ब्कलको अन्वेषण गर्ने अनुमति पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment