Comments Add Comment

४८ करोडमा छ लेन सडक निर्माण सुरु

१६ कात्तिक, पथरी । मोरङको बरगाछीदेखि राजवंशी चोकसम्मको तीन किलोमिटर सडकलाई छ लेन बनाउने प्रक्रिया सुरु भएको छ । पहिलो चरणमा सरकारले वरगाछीदेखि राजवंशी चोकसम्मको सडकलाई  छ लेन  बनाउन लागेको हो ।

व्यापारिक मार्ग विस्तार आयोजनाका आयोजना प्रवन्धक विजय चापागार्इँले आगामी दुई वर्षभित्रमा तीन किलोमिटर सडक छ लेन बन्ने बताए ।

सडक छ लेनमै बन्ने भए पनि मुख्य सडक चार लेनको हुने छ । चार लेन सडकमा सवारी साधनमात्र गुड्न सक्नेछन् भने दुईतर्फ बन्ने दुई लेन सडक सर्वसाधारणका लागि हुनेछ ।

पुरानो सम्झौतामा उक्त सडक ३४ मिटर फराकिलो हुने भनिएको थियो । स्थानीयवासीको विरोधले सडक केही साँघुरो पारी ३० मिटरमात्र बनाउन लागिएको हो । प्रति किलोमिटर १६ करोड रुपैगाँ खर्च गरेर सडक निर्माण हुन लागेको हो । व्यापारिक मार्ग नामकरण गरी निर्माण गर्न लागिएको सडकको चार लेनमा फास्ट ट्रयाक र आसपासमा सर्भिस लेन बन्नेछ ।

जनसङ्ख्याको चापसँगै सो सडकखण्डमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि सरकारले छ लेनको फराकिलो सडक बनाउने निर्णय चार वर्षअघि नै गरेको थियो । आयोजना कार्यालयले राजवंशी चोक र बरगाछी चोक सडकको दायाँबायाँतर्फ ढुङ्गाको नाला पनि निर्माण गरिरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment