+
+
Shares

खोपमा भ्रष्टाचार गर्ने वाल स्वास्थ्य महाशाखा निर्देशकसहित १२ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १६ गते १८:२०
६ कात्तिक, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभाग, वाल स्वास्थ्य महाशाखा टेकूका निर्देशक डा. श्यामराज उप्रेतीसहित १२ जनालार्इ पक्राउ गरेको छ ।
फाइल फोटो
फाइल फोटो

पक्राउ पर्नेमा निर्देशक उप्रेती, लेखा अधिकृत दिपक प्रसाद तिमिल्सिना, जन स्वास्थ्य अधिकृत ठाकुर बस्नेत, बरिष्ठ जनस्वास्थ्य अधिकृत लिला बिक्रम थापा, खोप सुपरभाइजर अधिकृत प्रेमकुमार श्रेष्ठ, सुपरभाइजर अधिकृत शम्भुबाबु तिवारी, शंकरप्रसाद आचार्य, जनस्वास्थ्य अधिकृत शंकरदेव जोशी, दिपकराज चौंलागाई, शाखा अधिकृत डिकबहादुर विष्ट, हरिप्रसाद अधिकारी र जनस्वास्थ्य निरिक्षक महेन्द्र प्रकाश शर्मा रहेका छन् ।

उनीहरूले वालवालिकाहरुलाई विभिन्न खोप लगाउन नेपाल सरकार, यूनिसेफ र डब्लूएचओबाट प्राप्त रकममा भ्रष्टाचार गरेको आरोप छ ।

अनुसन्धानका क्रममा आ.व. २०६८।०६९ र ०६९।७० मा विभिन्न कार्यक्रम गरेको हवाइ टिकेट, फोटोकपी, हल भाडा, स्टेशनरी तथा होटल खर्चको नक्कली विल पेश गरेको भेटिएको अख्तियारले जनाएको छ ।

साथै सरकारी गाडी कार्यक्रममा प्रयोग गरेक पेट्रोलको समेत झुठा बिलहरू पेश गरेको पेश गरी करोडौं रकम दुरुपयोग गरेको पाइएको अख्तियारले जनाएको छ ।

तत्कालिन निर्देशक डा. तारा नाथ पोख्रेल र तत्कालिन लेखा अधिकृत (हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक) तेज प्रकाश प्रसाईं फरार छन् । उनीहरूको खोजी भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?