Comments Add Comment

बालिका बलात्कारको आरोपमा ८० वर्षका वृद्ध पक्राउ

१७ कात्तिक, नुवाकोट । नाकालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा नुवाकोटमा ८० वर्षका वृद्ध पक्राउ परेका छन् । ६ वर्षकी नाबालिकालाई बलात्कार प्रयासको गरेको आरोपमा नुवाकोटको खानीगाउँका ८० वर्षीय बृद्ध लोकबहादुर थापा पक्राउ परेका हुन् ।
घर नजिकै खेली खेलीरहेका समयमा आइतबार अपरान्ह थापाले ६ वर्षीय नानीलाई बलत्कार गर्न खोजेको भन्दै पीडित परिवारको उजुरीको आधारमा उनलाई पक्राउ गरेको नुवाकोटका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश शर्मालो जानकारी दिए ।
खेलिरहेको समयमा बुढाको अस्वभानीय व्यहारबाट अतालिएकी नानी रुन थालेपनि स्थानीयवासीले देखेर उद्धार गरी प्रहरीलाई खबर गरिदिएका थिए ।
थापालाई नुवाकोट प्रहरीले आइतवार नै जिल्ला अदालत नुवाकोटमा जबरजस्ती करणी उद्योगको मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । प्रहरीले पीडित बालिका र पीडक थापाको जिल्ला अस्पताल त्रिशुलीमा स्वास्थ्य परिक्षण गरी अनुसन्धान सुरु गरेको छ ।
कपिलदेव खनालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment