Comments Add Comment

अमेरिकामा कांग्रेस प्रवासी संगठनको अधिवेशनको तयारी सुरू

विकास राज न्यौपाने

USA-NCटेक्सास  । नेपाली काँग्रेस पार्टीको प्रवासी सङ्गठन नेपाली जनसम्पर्क समिति अमेरिकाको आसन्न केन्द्रीय अधिवेशनको तयारी सुरु भएको छ । अमेरिकाको अधिवशन करिब सात वर्षको अन्तरालमा टेक्सासको ड्यालस सहरस्थित तीन ताराकित होटल शेराटनमा आयोजना हुदैछ ।

नेजसले तयारी मूल समितिको अध्यक्षमा डालस फोर्थवोर्थ च्याप्टरका सभापति ज्ञानेन्द्रराज कार्की र व्यवस्थापन समितिको संयोजक वेस्ट टेक्सास च्याप्टरका सभापति हरिबोल भण्डारीलाई तोकेको छ ।

 आँउदो नोभेम्बर २२, २३ तारिखका लागि शेराटनका २६० कोठाहरू बुक गरिसकिएको छ । अधिबेशनमा सहभागीहरुलाई  भोजनको नि:शुल्क व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

अमेरिकाको २५ चाप्टरका नौ सय भन्दा बढीले प्रतिनिधित्व गर्न पाउने यस अधिवेशनमा भाग लिन अमेरिकाबाट कम्तीमा छ सय कांग्रेसी कार्यकर्ता ड्यालस आउने आयोजकको अनुमान छ ।

नेपालबाट नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल समेतको टोली अधिवेशनका लागि अमेरिका अउने नेजस ड्यालस च्याप्टरका सचिब दीपक घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment