१७ कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । स्वचालित मूल्य प्रणाली अनुसार नेपाल आयल नियमले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको हो ।
पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ४७ पैसा घटाइएको छ । डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ ६७ पैसा मूल्य घटाइएको नियमले जनाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोलको राजधानीमा अब प्रतिलिटर १२८ रुपैयाँ पर्छ । यस्तै डिजेल र मटितेलको मूल्य लिटरको १०१ रुपैयाँ ९६ पैसा पर्नेछ ।
नियमलाई एलपी ग्यासमा मात्र घाटा रहेको छ । अन्यमा भने नाफा रहेको छ । मूल्य घट्नु अघि नियमलाई मासिक २१ करोड बढी नाफा थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4