न्यूयोर्क (एजेन्सी) । १३ बर्ष अगाडी अमेरिकाको न्यूयोर्कमा अलकायदको आक्रमणमा ध्वस्त जुम्ल्याहा टावरको ठाउँमा निर्मित ‘वान वर्ल्ड ट्रेड सेन्टर’ सोमबारदेखि संचालनमा आएको छ ।
सोमबारदेखि केही बिजनेस हाउसहरु यहाँ सरेका छन् । तर, यसको औपचारिक उदघाटनको मिति भने अझै तय भएको छैन् ।
म्यानहाटन निर्मित १ हजार ७ सय ७६ फिट उचाइको नयाँ वर्ल्ड ट्रेड सेन्टर पहिलेको भन्दा करिव ५० फिट अग्लो छ । १ सय ४ तलाको यो टावर अमेरिकाकै सवैभन्दा अग्लो भवन हो । ‘फ्रिडम टावर’को नामले समेत चिनिने यो भवनको निर्माणमा झन्डै ४ अर्ब अमेरिकी डलर लागेको छ ।
नयाँ भवनको छेउँमै सेप्टेम्बर ११को स्मृतिमा बनाइएको संग्रहालय छ । भवनको औपचारिक सुभारम्भसँगै सर्वसाधारणले १०४ तलाबाट न्यूयोर्क हेर्न पाउनेछन् ।
सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाले जुम्ल्याहा टावरमा बिमान ठोक्काएर ध्वस्त बनाएको थियो । दुर्घटनामा करिव ३ हजारले ज्यान गुमाएका थिए ।



हेर्नुहोस् भिडियोः यसरी बनाइयो १३ बर्ष लगाएर नयाँ वर्ल्ड ट्रेड सेन्टर
प्रतिक्रिया 4