१८ कात्तिक, भोजपुर । भोजपुर नगरपालीका ४ बोखिमका चतुर मान राईको घरमा आगलागी भएको छ । आगलागीबाट राईको तीन तले पाली पुर्ण रुपले नष्ट भएको छ । आगलागीबाट राईकोे घरको काठपात र छानोसमेत जलेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक नेत्र बडुवालले जानकारी दिए ।
आगलागीबाट राईको पालीमा राखिएको १० मुरी मकै, लत्ता कपडा, र भाडा बर्तन पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट अन्धाजी डेढ, दुइलाख जतीको क्षती भएको प्रहरीले अनुमान छ ।
आगलागीबाट कुनै मानवीय तथा पशु चौपायको क्षती नभएको प्रहरीको भनाई छ । दिउसो १ बजेतिर खाजा बनाउने क्रममा बालीएको आगोले चुलो माथी रहेको पाइपमा आगो सल्किए पछि आगोले उग्र रुप लिएको थियो । आगलागी नेपाल प्रहरी र स्थानीय बासीको पहलमा नियन्त्रणमा आएको थियो ।
उमेश अधिकारीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4