Comments Add Comment

अष्ट्रेलिया र न्युजिल्यान्ड गरिने फोनमा एनसेलको छुट

१८ कात्तिक, काठमाडौं । एनसेलले अष्ट्रेलिया र न्युजिल्यान्डका लागि कल शुल्क घटाएको छ । एनसेलका ग्राहकले अब अष्ट्रेलिया र न्युजिल्यान्डमा रहेका आफ्ना परिवार तथा साथीभाईसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् ।

Ncell-Towerकात्तिक १८ गते मंगलबारबाट लागु हुने गरि ल्याएको नयाँ शुल्क अन्तर्गत एनसेलका ग्राहकहरुले अब अष्ट्रेलिया र न्युजिल्यान्डमा कर बाहेक ६ रुपैयाँ ९९ पैसा प्रतिमिनेटको दरमा कुरा गर्न सक्नेछन् । हालसम्म अष्ट्रेलिया कल गर्दा कर बाहेक १५ रुपैयाँ प्रतिमिनेट र न्युजिल्यान्ड कल गर्दा कर वाहेक ६० रुपैयाँ प्रति मिनेट लाग्थ्यो ।

कम्पनीले दिएको जानकारी अनुसार नयाँ शुल्क एनसेलका सम्पूर्ण प्रिपेड तथा पोष्टपेड ग्राहकहरुलाई लागु हुनेछ ।

‘उच्च शिक्षाका लागि तथा कुशल मानव संशाधन माझ लोकपि्रय गन्तव्य रहँदै आएकोले हजारौं नेपाली परिवारका आफन्त तथा साथीभाईहरु अष्ट्रेलिया र न्युजिल्यान्डमा वसोवास गरिरहेका छन् । यस्तोमा एनसेलको यो नयाँ ट्यारिफले ग्राहकहरुलाई आफ्ना आफन्त तथा पि्रयजनसँग सम्पर्कमा रहिरहन अझै सहज र सुलभ बनाउनेछ’ एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाले भनिन् ।

एनसेलले आफ्ना ग्राहकलाई सुलभ सञ्चार सेवा प्रदान गर्ने लक्ष्य अनुरुप अन्तर्राष्ट्रिय कल महसुल घटाउदै आएको छ । केहि महिना अघि एनसेलले युरोपियन युनियनमा आबद्ध मुलुकहरुका लागि कल शुल्क घटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment