+
+

केपी ओली किन डराए माधव नेपालसँग ?

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १८ गते १०:५४

kp oli and Madhav nepal
१८ कात्तिक, काठमाडौं । केपी ओली र माधव नेपाल दुबैले एक अर्काप्रति डर पाल्दा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रभावित भएको छ ।
अध्यक्ष केपी ओलीले पेलेर लैजाने डरका कारण माधव नेपाल पक्ष आक्रामक बनेको छ । नेपाल पक्षले स्थ्ाायी कमिटी र पोलिटब्यूरोमा बहुमत बनाएर आफूलाई अप्ठेरोमा पार्ने डर केपी ओलीलाई छ ।
यहि कारण कात्तिक १४ गते शुरु भएको बैठक पहिलो दिनमै माधव नेपालको लिखित असहमतिसँगै अवरुद्ध बनेको थियो ।
मंगलवार अपरान्ह पुनः बस्न लागेको बैठकमा नेपाल पक्षले अहिलेसम्म पार्टीका संस्थ्ाागत निर्णय विपरीत भएका काम कारवाहीका बारेमा अध्यक्ष ओलीको जवाफ माग्ने तयारी गरिरहेको छ ।
ओलीले केन्द्रीय कमिटीलाई सन्तुष्ट हुने गरी जवाफ नदिए बैठक अघि बढ्न नसक्ने चेतावनी नेपालले दिइसकेका छन् ।
एमालेको नवौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको चार महिना पुग्न लाग्दा पनि अहिलेसम्म पोलिटब्यूरो र स्थायी समिति बनेको छैन । त्यस्तै केन्द्रीय सदस्यहरुको कार्यबिभाजन भएको छैन । यो बैठकले पोलिटब्यूरो र स्थायी समिति गठनसँगै कार्यविभाजन टुंगो लगाउने भनिए पनि एकले अर्को पक्षलाई विश्वास गर्ने वातावरण नबनेकाले बैठकको एजेण्डा नै पेचिलो बन्दै गएको एक केन्द्रीय सदस्यले बताए ।
‘माधव नेपाल पक्षलाई ओलीले केन्द्रीय कमिटीको बहुमत देखाएर सबैतिर निषेध गर्ने हुन् कि भन्ने डर छ’ ती केन्द्रीय सदस्यले भने ‘पदाधिकारीमा लगभग अल्पमतमा रहेको ओली पक्षलाई पोलिटब्यूरो र स्थायी कमिटीमा बहुमत बनाउन सकिएन भने नेपाल पक्षले चल्नै दिँदैन भन्ने डरका कारण अहिले पार्टी अनिर्णयको बन्दी भएको छ’ ।
ओली केन्द्रीय कमिटीमा जस्तै पोलिटब्यूरो र स्थायी कमिटीमा पनि आफूलाई निर्णय गर्न सजिलो हुने गरी बहुमत कायम गर्न चाहान्छन् ।
त्यसलाई अनुकुल हुने गरी विधान प्रकाशित गरिएको भन्दै नेपाल पक्षले आपत्ति जनाएको छ ।
एमालेको १५ सदस्यीय पदाधिकारी टीममा नेपाल र ओली पक्ष बराबरी पोजिशनमा छ । बरिष्ठ नेता झलनाथ खनालको पछिल्लो लाइन स्पष्ट भएको छैन । उनले नेपाल पक्षलाई नै साथ दिएमा  केपी ओली पदाधिकारीमै अल्पतमा हुनेछन् ।
१८ सदस्यीय स्थायी समितिमा १५ पदाधिकारी पदेन रहँदा बाँकी तीनजनामा अध्यक्षमा पराजित माधव नेपाल स्वतः पर्नेछन् ।
त्यसपछि दुईजना मनोनित गर्दा नेपाल पक्षले एक जनाको दाबी छाड्ने छैन । त्यसैले पनि ओली पक्ष पोलिटब्यूरोमा आफ्नो सुबिधाजनक बहुमत कायम गर्न चाहन्छ ।
नेपाल पक्ष भने केन्द्रीय कमिटीमा बहुमत रहेको आडमा ओली पक्षले पोलिटब्यूरोको चुनाव गराएर आफ्नो पक्षलाई हराउने आशंकामा छ ।
दुबै पक्षका आशंकालाई कम गर्दै महासचिव इश्वर पोखरेलले सहमतिका आधारमा पोलिटब्यूरो सदस्य चयन गर्ने प्रस्ताव अघि सारेका छन् । जसमा पार्टी कामका आधारमा बरिष्ठता छुट्याएर पोलिटब्यूरो चयन हुनेछ ।
बिधानमा नेपाल पक्षले औपचारिक विरोध गरे पनि आफ्नो समूहका अधिकांश नेताहरु पोलिटव्यूरोमा पार्नलाई बार्गेनिङ गरेको ओली पक्षको बुझाई छ ।
नेपाल पक्षले यसअघि भएका सभासद मनोनयन, मन्त्री हेरफेर लगायतका निर्णयमा ओलीलाई अप्ठेरोमा पार्न खोजेको छ भने कार्यविभाजनमा सन्तुतलन कायम गराउन दबाव दिने गरी तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?