१८ कात्तिक, हेटौडा । मकवानपुरको हेटौडास्थित एक होटलमा स्थानीय सुदीप अधिकारी मृत अवस्थामा फेला परेका छन् । हेटौडा नगरपालिका १ डाङडुङेस्थित ‘हेटौडा हाइट होटल’को कोठाभित्र अधिकारीको शव भेटिएको हो ।
हेटौडा नगरपालिका १० का ३९ वर्षीय अधिकारी सोमबार साँझ साथीहरुसँगै सो होटलमा बास बसेका थिए । सुतेकै स्थानमा उनी मृत भेटिएका हुन् ।
मृत्युको कारण भने खुलेको छैन । ‘हेर्दा सामान्य देखिन्छ, शरिरमा चोटपटक पनि छैन, बेड पनि दुरुस्त छ,’ घटनास्थलका प्रत्यक्षदर्शी गोकुल दाहालले अनलाइनखबरलाई भने ।
होटलमा सँगै बसेका साथीहरुले मंगलबार विहान ४-५ बजेतिर अधिकारीको मृत्यु भएको थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरीले स्थानीयको सहयोगमा मुचुल्का उठाइ जिल्ला अस्पताल हेटौडामा शव पुर्याएको थियो ।
घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया 4