+
+
Shares

संविधान बनाउन दवाव दिने गीत

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १९ गते ११:४१

sambidan-banaune-geet
प्रमुख राजनितीक दलहरुलाइ समयमै संविधान निर्माणका लागि दबाब दिने उदेश्यले निर्माण गरिएको गीत सार्वजनिक गरिएको छ । लोकनाथ सापकोटाको शब्द एवं स्वर रहेको उक्त गीत सभामुख सुभाषचन्द्र नेम्वाङले सार्वजनिक गरेका थिए ।

समयमा संविधान निर्माण गर्न आग्रह गर्दै लेखिएको गीतमा तोकिएको मितीमा संविधान जारी नहुँदा मुलुकमा आइपर्न सक्ने संकटको वारेमा समेत गायक एवं गीतकार सापकोटाले उल्लेख गरेका छन् ।

गीतको विमोचन गर्दै सभामुख नेम्वाङले संविधान निर्माणका लागि सबै क्षेत्रवाट दबाब आएको बताउदै कलाकारहरुले पनि गीत मार्फत दबाब दिएर राम्रो काम गरेको प्रतिक्रिया दिए ‘कलाकारहरुले गीत मार्फत संविधान निर्माणका लागि दबाब दिनु राम्रो हो । यस किसिमका सिर्जनात्मक दबाबले समयमै संविधान निर्माण हुने सम्भावना बढी हुन्छ ।’ उनले भने । कार्यक्रममा अनुराधा कोइराला, राजेश हमाल, लोकगायक धमेश दुलाल, गायिका सुनिता दुलाल लगायतको उपस्थिती थियो ।

कार्यक्रम सकिएपछि आइपुगे कलाकार
वानेश्वर स्थित संसदभवनको उत्तरपटि्टको कक्षमा गीत विमोचनको समय ठिक दुइबजे राखिएको थियो । लोकनाथ सापकोटा, सुनिता दुलाल, धमेश दुलाल लगायत आयोजक संस्थाका तर्फवाट गएकाहरु दुइ बज्न केही मिनेट बाँकी हुँदै पुगेका थिए ।

ठिक दुइ बजे प्रमुख अतिथी सुभाषचन्द्र नेम्वाङ आएपछि आयोजकहरु एकछिन आत्तिए । कारण अन्य कलाकार कोही पनि आइपुगेका थिएनन् । सभामुख आइसकेपछि कुर्ने कुरा भएन । समयमै कार्यक्र सुरु भयो र सकियो । कार्यक्रममा लागि बोलाइएका कतिपय बरिष्ट कलाकार कार्यक्रम सकिएपछि पुगे र संसद भवन प्राङ्गणमा उभिएरै फोटो खिचे । अनि फर्के ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?