Comments Add Comment

सहकारीलाई एक रोपनी जग्गा दान

२० कात्तिक, गोरखा । गोरखाको छोप्राक-८ आरुबोटेका यानप्रसाद पोखरेल र सीता धितालले सहकारीलाई  जग्गा दान गरेका छन् ।
पोखरेल र धितालले स्थानीय समृद्धि सहकारीलाई एक रोपनी क्षेत्रफलमा फैलिएको जग्गा दान दिएको राजेन्द्र पोखरेलले जानकारी दिए ।
तरकारी सङ्कलन केन्द्र भवन स्थापनाका लागि जग्गा दिइएको हो । उक्त जग्गाको मूल्य करिब चार लाख रुपैयाँ पर्ने स्थानीयले बताएका छन् ।
गोरखाको छोप्राक-फिरफिरे सडकखण्ड र सालबोट हर्मी सडकखण्डमा पर्ने आरुबोटेमा तरकारी सङ्कलन केन्द्र निर्माण गर्न लागिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment