+
+

मोदीले लुम्बिनीमा पनि भाषण गर्ने

२० कात्तिक, भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा स्थानीयवासीलाई सम्वोधन गर्ने भएका छन् । सार्क सम्मेलनमा नेपाल आउन लागेका मोदीले मंसिर ९ गते जनकपुरमा सम्बोधन गर्नेछन् भने मंसिर १२ गते लुम्बिनीवासीलाई सम्बोधन गर्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २० गते १७:४९

सलमान खान
narendra modi२० कात्तिक, भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा स्थानीयवासीलाई सम्वोधन गर्ने भएका छन् । सार्क सम्मेलनमा नेपाल आउन लागेका मोदीले मंसिर ९ गते जनकपुरमा सम्बोधन गर्नेछन् भने मंसिर १२ गते लुम्बिनीवासीलाई सम्बोधन गर्नेछन् ।

मोदीको लुम्बिनी भ्रमणको तयारीबारे बुझ्न गृहसचिव सूर्यप्रसाद सिलवालको नेतृत्वमा सुरक्षा प्रमुखहरुको टोली विहीबार भैरहवा आइपुगेको छ । टोलीमा गृहसचिव सूर्यप्रसाद सिलवाल र प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल लगायत छन् ।

काठमाडौंबाट निरीक्षणमा आएको टोलीले लुम्बिनीको सुरक्षास्थितिबारे स्थानीय सुरक्षा अधिकारीसँग छलफल गरेको छ । टोलीले लुम्बिनीस्थित मायादेवी मन्दिर, भारतीय प्रधानमन्त्री मोदी अवतरण गर्ने हेलिप्याड, मोदीले सम्बोधन गर्ने स्थलको समेत निरीक्षण अवलोकन गरेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीमा करीब ५ हजार जनतालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

 मोदीको सुरक्षा प्रवन्ध मिलाउन गृहसचिव सूर्यप्रसाद सिलवाल र प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल नेतृत्वको टोली भैरहवा पुगेको छ

सुरक्षा अधिकारीहरुले भ्रमणको तयारीमा कुनै कमी हुन नदिन निर्देशन दिएको लुम्बिनी विकास कोषका बरीष्ठ इन्जिनियर सरोजकुमार भट्राईले बताए ।

मोदीले हेलीप्याडबाट लुम्बिनीको पर्सा चौराहा हुँदै महिलबार बजार र त्यहाँबाट लुम्बिनीको पाँच नम्बर गेट हुँदै मायादेवी मन्दिर प्रवेश गर्ने रहेको छ ।

यसैवीच भारतीय सुरक्षाकर्मीहरुले पनि रुपन्देही, कपिलवस्तु र नवलपरासीको सीमानाकामा अहिलेबाट नै सुरक्षा निगरानी बढाइसकेका छन् ।

केही दिनयता लुम्बनी क्षेत्रमा भारतीय सुरक्षा अधिकारी एवं दूतावासका अधिकारीले पनि अवलोकन गरिसकेका छन् ।

यो पनि पढ्नुस्

मधेसमा भारतीय प्रभाव बढाउने मोदीको डिजाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?