Comments Add Comment

राष्ट्रिय वाणिज्य बैंकमा हप्तामा दुई दिन दौरा सुरुवाल

Rbb२० कात्तिक काठमाडौं । पूर्णसरकारी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफना उच्चपदस्थ अधिकृतहरुलाई हप्तामा दुर्इ दिन दौरा सुरुवाल कोट तथा कोट।स्वेटर  सारी पहिरिनु  पर्ने व्यवस्था गरेको छ ।

हाललाई प्रमुख कार्यकारी अधिकृत,नायव महाप्रवन्धकदेखि मुख्य प्रवन्धकसम्मका उच्च पदस्थ अधिकृतहरुले प्रत्येक वुधवार र विहीवार पुरुषको हकमा दौरा, सुरुवाल, कोट ,टोपी तथा महिलाको हकमा कोट । स्वेटर सारी चोलो पहिरिनुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

स्वदेशी कपडाबाट तयार गरिने पहिरनलाई प्राथमिकतामा राखिने यस प्रावधानबाट स्वदेशी उद्यम प्रवध्र्दनमा समेत सहयोग पुग्ने  विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment