+
+
Shares

‘सुशील र केपी ओलीको तर्क हरिबहादुरको जस्तै’

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २१ गते १०:०७

sushil and kp oli२१ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा विहीबार बेलुका आयोजित तीनदलका शीर्षनेताको बैठकमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले ‘हरिबहादुर’को जस्तै तर्क गरेको एमाओवादीका एक नेताले आरोप लगाएका छन् ।

‘सुशील र ओलीजीले सहमतिबाटै संविधान बनाऔं त भन्नुभयो, तर ७ प्रदेशको खाका संवैधानिक समितिमा प्रवेश गराउनैपर्छ पनि भन्न छाड्नुभएन,’ ती नेताले भने, ‘यो त हरिवंशको टेलीश्रृंखलाको ‘हरिबहादुर’कै जस्तो तर्क भयो ।

चर्चित हास्य कलाकार हरिवंश आचार्यले ‘हरिबहादुर’ पात्रमार्फत् अर्काको पैसा तिर्नेबेलामा ‘पैसा तिर्नुपर्छ’ भन्छन् । तर, तिर्न आग्रह गर्दा ‘कुन पैसा ?’ भन्ने प्रश्न गर्छन् । ओली र सुशीलले सहमति गर्न तयार छौं पनि भन्ने तर ७ प्रदेशको प्रस्तावलाई भोटिङमा पनि लान खोज्ने दोहोरो चरित्र देखाएको एमाओवादी नेताको आरोप छ ।

बालुवाटारमा तीनदलवीच सहमति नभएपछि आज प्रचण्डको अध्यक्षतामा उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ

सहमतिबाटै संविधान बनाउने भए ७ प्रदेशको प्रस्ताव सम्वाद समितिमा छिराउन नमिल्ने बालुवाटार बैठकमा एमाओवादी नेताहरुले  अडान राखेका थिए ।

बरु यो प्रस्ताव संविधानसभामै पेश गरे हुन्छ, तर सम्वाद समितिमा प्रवेश गराउँदा सहमति बिथोलिन्छ भन्ने एमाओवादी नेताहरुको तर्क छ ।

बालुवाटारमा सहमति हुन नसकेपछि शुक्रबार अपरान्ह उच्चस्तरीय राजनीतिक समितिको बैठक आयोजना गर्न तीन दलका नेताहरु सहमत भएका छन् । आज बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठक संयोजक प्रचण्डको अध्यक्षतामा बस्न लागेको हो ।

तर, यो बैठक पनि औपचारिकतामा मात्रै सीमित हुने सम्भावना रहेको नेताहरुको अनुमान छ ।
प्रचण्डको कमजोरी

उता एमालेका एक नेताले भने सात प्रदेशको प्रस्ताव स्रवैधानिक राजनीतिक सहमति तथा सम्वाद समितिमा दर्ता गर्न प्रचण्ड र बाबुरामले सहमति जनाइसकेर पछि हटेको आरोप लगाएका छन् ।

‘सात प्रदेशको प्रस्ताव दर्ता गर्न प्रचण्ड र बाबुराम दुबैले सहमति जनाइसकेका थिए, तर एकाएक पछि हटे, एमाले नेताले भने, ‘पहिले हुन्छ भनेर पछि नमानेपछि हामीले सम्वाद समितिमै छलफल हुनुपर्छ भन्नेमा जोड गरेका हौं ।

कसरी खुल्ला गत्यावरोध ?

बाबुराम भट्टराई नेतृत्वको राजनीतिक सम्वाद तथा सहमति समितिले  कात्तिक १६ गते नै संविधानसभालाई प्रतिवेदन बुझाइ सक्नुपर्नेमा आज २१ गते भइसक्दा पनि प्रतिवेदन तयार भएको छैन ।

सभापति डा. भट्टराईले बैठक अनिश्चित कालका लागि स्थगित गरेको आरोप कांग्रेस र एमालेका नेताहरुको आरोप छ । एमाओवादी नेताहरुले भने असहमति र ध्रुवीरकण हुनुभन्दा केही ढीलो भए फरक नपर्ने तर्क गर्दै आएको छ ।

यसैवीच डा. बाबुराम भट्टराईलाई टाइफाइड भएकाले शनिबारसम्म सम्वाद समितिको बैठक रोक्न तीन दल शुक्रबार विहान सहमत भएका छन् । तीन दलले यस्तो सहमति गर्दा सभामुख सुभासचन्द्र नेम्वाङ पनि उपस्थित थिए ।

अब बाबुरामको ज्वरो निको नहुञ्जेल सम्वाद समितिको बैठक रोकिएकै ससमयमा तीन दलवीच संविधानका विवादित विषयमा सहमति खोज्न दबाव बढेको छ ।

यद्यपि सहमतिको सम्भावना निकै कम रहेकोमा सत्ता पक्ष र प्रतिपक्ष दुबैको समान बुझाइ देखिन्छ ।

नारायणकाजीको दौडधूप

यसैवीच दलहरुवीच सहमति हुन नसकेपछि यसको विकल्पको खोजी गर्दै मध्यमार्गी बाटो पहिल्याउन एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दौडधूपमा लागेका छन् ।

उच्चस्तरीय राजनीतिक समितिको बैठक अगावै श्रेष्ठले एमालेका केपी ओली विद्या भण्डारी र कांगेसका शीर्ष नेताहरुसँग भेटभाट गर्ने स्रोतले अलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?