Comments Add Comment

स्याउ दिएर नून साट्छन्, मनास्लु क्षेत्रका बासिन्दा

२३ कात्तिक, गोरखा । नेपाल स्याउपसल कश्मीरका स्याउले भरिएका छन् । गोरखाको मनास्लु क्षेत्रमा उत्पादित स्याउले भने बजार पाएको छैन । सदरमुकामवाट ४७ कोष टाढा ल्हो, प्रोक, बिही र सिर्दीबास गाविसको ५० हेक्टर भन्दा बढी जग्गामा स्याउखेती गरिएको अन्नपूर्ण पोष्टमा खबर छ ।
गाउँमा यातायातका साधन पुग्न नसकेकाले स्याउ बजारसम्म पुर्‍याउन नसकिएको किसानहरु बताउछन् । किसानले स्याउको घरेलु मदीरा बनाउँछन् । उनिहरुले नून ऊनसंग स्याउ साटेर गर्जो टार्दै आएका छन् । ‘बजारमा लगेर बेच्न पाइदैन’ किसान छिरिङ लामा भन्छन ‘रक्सि छयाङ बनाउने तथा ऊन र नुनसंग साटने गर्छौं ।’

पर्यटकलाइ पनि बेच्ने गरेको उनले बताए । ‘अलिअलि चाही दाना पनि बिक्छ ‘ उनले भने ।  ‘दाना हेरेर ५ देखि १५ रुपैयासम्ममा बिक्री हुन्छ । पर्यटकले अलि अलि किन्छन् बााकी इष्टमित्रलाइ बाँड्छौं ।’ खच्चडलाइ टाढासम्म बोकाएर टाढाको बजारसम्म पुर्‍याउदा दानामा चोट लाग्ने र बिग्रने उनले बताए ।

मनास्लु क्षेत्रमा रेड डेलिसियस, गोल्डेन डेलिसियस जातका स्याउ उत्पादन हुन्छन् । धेरै पर्यटक पुग्ने सामागााउमा बढी उचाइका कारण स्याउखेती नहुने भएकाले मनास्लुको स्याउ केही सामागाउामा पनि खपत हुन्छ । बजारसम्म पुर्‍याउन नसक्दा खाल्डो खनेर राख्ने गरिएको ल्हो गाविसका छेवाङ लामाले बताए । उनले बाादर, झारल, याक र चौरीवाट नयाँ बोट हुर्काउन समस्या भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment