Comments Add Comment

आइतबारका पत्रिकामा मुख्य खबर

राजधानीबाट आइतबार प्रकाशित दैनिक पत्रिकाहरुले सात प्रदेशविरुद्ध कांग्रेसका मधेसी सभासदहरुले फरक धारणा राखेको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।

अन्नपूर्ण पोष्टले अख्तियारले भनेअनुसार नै गर्नु, सार्वजनिक सम्बोधन गर्ने मोदीको प्रस्ताव, स्याउ दिएर नून, कांग्रेसका मधेसी सभासद सात प्रदेशको विरोधमालगायतका खबर छन् ।

नागरिक दैनिकमा स्वयंसेवकको भरमा तीन अर्ब लगानी, घुम्तीमा हुइँक्याउँदा अर्को दुर्घटना, सार्कको पाहुनालाई लुम्बिनीको तयारी, विकास बैंकबाट पनि सहुलियतको ऋण लगायतका खबर छन् ।

नयाँ पत्रिकामा साझा प्रस्तावविरुद्ध कांग्रेसका ४२ सभासद्, बैंकमा सुन थुपि्रयो बजारमा तस्करीको सुन, घरबहाल ब्यवस्थित गर्न कानून बन्दै, प्रभावकारी भएन बहुभाषा शिक्षालगायतका खबर छन् ।

राजधानी दैनिकमा सात प्रदेशविरुद्ध कांग्रेसमै हस्ताक्षर, मिले ओली-नेपाल, चन्दद्वारा बैठक बहिष्कार, हस्तक्षेपले हुन सकेन शिक्षक दरबन्दी मिलानलगायतका खबर छन् ।

गोरखापत्रमा विश्वविद्यालयमा राजनीति नगरौंः प्रम, माघ ८ मा संविधान जारी गर्नुपर्छ, शान्तिप्रक्रियाको अनुभव सार्कमा आदानप्रदान गर्नुपर्ने सञ्चारमन्त्रीको भनाईलगायतका खबर छन् ।

Annapurna-23

nagarik-23

nayapatrika-23

Rajdhani-23

Gorkhapatra-23

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment